शुक्रबार, बैशाख १४, २०८१

कपिलवस्तुमा दुइअलग समुदायका धार्मिक युवाहरुवीच बढ्दो विवादलाइ नियन्त्रण लिन प्रशासनद्दारा कर्फ्यु आदेश जारी

  कपिलवस्तु घटना नियोजितरुपमा हिन्दू धर्म र यसका अनुयायी माथिको हस्तक्षेप भएको महासंघकी महासचिव भण्डारीको आरोप

काठमाडौं कार्तिक ४, वडादशैको अवसरमा प्रतिस्थापन गरिएको दुर्गा भगवानीको मूर्ति विर्सजनको प्रसंगमा कपिलवस्तुको कृष्णनगर नगरपालिकामा हिन्दू र धर्मावलम्वी स्थानीय मुस्लीम समुदायका युवाहरुवीच विवाद सिहत भएको झपलाइ नियन्त्रणमा लिन प्रहरीले आज अपरान्ह प्रहरीले १० राउन्ड फायरिङ गर्नु परेको समाचार प्राप्त भएको छ ।

त्यस्तै विवाद झडपको क्रममा कृहि व्यक्ति विशेष घाइते हुनुको अलावा प्रदेश सभा सदस्य अभिषेक प्रताप साहको गाडी समेत तोडफोड भएको बुसझएको छ । कपिलवस्तु प्रहरीलाइ उदृत गर्दै प्राप्त साचारमा दुर्गाको मुर्ति विर्सजनको लागि नदिसम्म पुग्ने प्रयोग गर्ने विवाद सिर्जना भएको र त्यो विवाद झडपमा परिणत भएको बुझिएको छ ।  यद्यपी विवादलाइ समबोधन गर्ने लक्ष्उअनुरुप स्थानीय भद्रभलाड्मी, दलका नेता र प्रहरीवीच त्रिपक्षिय वार्ता भएपनि सहमति जुट्न नसकेपछि स्थानीय प्रशासनले सो इलाकामा कर्फ्यु आदेश जारी गरेको छ ।

स्थानीय प्रशासन ऐन मधार्मिक विषयमा भएको प्रस्तुत विवादका कारण हिंसा भड्कन सक्ने जनाउ सहित २०२८ दफा ६ ९क० अनुसार जारी कर्फ्यु आदेश अन्र्तगत आज साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्म कृष्णनगरदेखि उत्तरमा वडाया पोखरी, पश्चिममा झण्डी नगर शिर्शिहवा चोक, पूर्वमा सेमरा गाउँ, दक्षिणमा नेपाल–भारत दशगजा क्षेत्रमा लागु भएको बुझिएको छ ।

यसै प्रसंगमा विश्व हिन्दू महासंघकी महासचिव अस्मिता भण्डारीसंग टेलिफोन सम्पर्क गर्दै घटनाको विषयमा जान्न खोज्दा उहाँले भने- दुर्गा भवानीको मूर्ति यसअघि कृष्णनगरमा मस्जिद नजिकै विर्सजन गरिदै आएकोमा यसपटकमुस्लिम समुदायका व्यक्तिहरुले विरोध गरि ढुङ्गा प्रहार गरेको घटना प्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको बताउँदै सामाजिक सद्भाव र धार्मिक सहिष्णुतामा खलल् पुग्न सक्ने यस्ता कार्यहरु कदापि नेपाल र नेपालीका लागि हीतकर हुन नसक्ने जनाउ दिइन । साथै  यो बसुदैव कुटुम्वकम्काे उच्च भावना राख्ने हाम्राे नेपाली समाजमा बडादशै जस्तो राष्ट्रिय महत्त्वकाे धार्मिक पर्वमा गरिएको यस्तो कार्य  नियोजितरुपमा हिन्दू धर्म र यसका अनुयायी माथिको हस्तक्षेप भएको बताउँदै घटनामा संल्ग्नलाइ तत्काल कारवाहीको दायरामा ल्याउँदै निर्वादरुपमा आआफ्नो आस्था अन्रुपको धार्मिक कार्य गर्ने वातावरण सिर्जना गर्नु राज्यको दायित्व भएको बताउँदै  यस्ता अनुचित , समाज बिरोधि , धर्म बिरोधी गतिविधिहरु नगर्न नगराउन सम्बन्धित सबैको ध्यानाकर्षण समेत गराएकी छिन  ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।