बिहिबार, बैशाख २०, २०८१

पत्रकार हुमागाइको निधनप्रति महासंघद्दारा दुःख प्रकट

काठमाडौं कार्तिक ५,  नेपाल पत्रकार महासंघले नेपालभूमि साप्ताहिकका संस्थापक सम्पादक, तथा प्रगतिशिल लेखक रामचन्द्र हुमागाईको निधनप्रति दुःख प्रकट गरेको छ । विगत चार बर्षदेखि कलेजो रोगबाट पीडित भई उपचारारत पत्रकार हुमागाइका आइतबार दिउसो सानेपा स्थित जेष्ठ नागरिक केयर होममा निधन भएको हो ।

काठमाडौंको घट्टेकुलो स्थायी बसोवास भएका पत्रकार हुमागाई करिब ३७ बर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्थ्यो । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ । पत्रकार हुमागाइको आइतबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।
महासंघ महासचिव रमेश विष्टले जारी गर्नु भएको शोक विज्ञप्तिमा स्वर्गीय पत्रकार हुमागाईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारणको कामना र गहिरो समवेदना प्रकट गरेको छ ।
यसैवीच महासंघले साउदी पत्रकार जमाल खासोगीको टर्किको इस्तानबुलमा भएको हत्याको भत्र्सना गर्दै पत्रकार खासोगीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गर्दछ । नेपालस्थित साउदी राजदुतावासलाई हत्याको छानवीन गरि सत्यतथ्य सार्वजनिक गर्न ध्यानाकर्षण पत्र बुझाउनुको अलावा स्वर्गीय पत्रकार खासोगिको परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।