बिहिबार, बैशाख २०, २०८१

पत्रकार हुमागाईंको निधन

काठमाडौ कार्तिक ४, अग्रज पत्रकार रामचन्द्र हुमागाईंको ६५ वर्षको उमेरमा आज निधन भएको छ । नेपालभूमि’ साप्ताहिकका संस्थापक सम्पादक एवम् क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय सल्लाहकार समेत रहनु भएका पत्रकार हुमागाईं लामो समय यतादेखि कलेजो रोगबाट पीडित रहदै आउनु भएको र उपचारको क्रममा  आज दिउँसो ललितपुरको सानेपास्थित ज्येष्ठ नागरिक केयर होममा उहाँको निधन भएको हो ।

यसैवीच नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेह समितिका महासचिव श्रीजन झाले पनि आजै जारी गर्नु भएको शोक विज्ञप्तिमा दिवङ्गत हुमागाईंप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

त्यस्तै क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष इन्द्र राउतले आज एक शोक विज्ञप्ति जारी गरी उहाँको निधनबाट सङ्गठनका साथै जनपक्षीय पत्रकारिता तथा आमूल परिवर्तनको आन्दोलनमा अपूरणीय क्षति हुन पुगेको उल्लेख गर्नु भएको छ । दिवंगत पत्रकार हुमागाएको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको एक छोरा र एक छोरी छन् ।  केहि समय अघि पत्रकार महासंघ केन्द्रीय सदस्य जन्मदेभ जैशी प्रदेश महासचिव श्रीझन झा, काठमाडौ जिल्ला सचिव मोहन पन्त, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष ईन्द्र रावत, सोही संगठनका लोकेश जैसीसहितका पत्रकार नेताहरुको टोलीले पत्रकार हुमागाईँको स्वास्थ्य अवस्थाका सवालमा जानकारी लिदै उहाँको उपचारका लागि नेपाल सरकार, पत्रकार महासंघ केन्द्र, प्रदेश, जिल्ला, प्रतिष्ठान सबैसँग सहयोग जुटाउन सार्वजनिक आव्हान गरेको थियो ।