शुक्रबार, बैशाख १४, २०८१

उडिसा जानुपूर्व पूर्व राजा शाहले भने- हिँड्ने बाटो फरक भएपनि सिद्धान्त अडिग हुनुपर्छ

काठमाडौं माघ २२,  पूर्व राजा ज्ञानेन्द्र शाह भारतको उडिसामा आयोजित धार्मिक महोत्सवमा सहभागी हुन आज भारत जानु भएको छ ।
आज अपरान्ह ४:१० को विमान बाट भारतको उडिसामा जगदगुरु शंकराचार्य स्वामी निश्चलान्द सरस्वतीको १४५ औं पट्टाभिषेक पञ्चविंशति वर्षपूर्ति महोत्सवमा सहभागी हुन उहाँ त्यसतर्फ जानु भएको हो ।  पूर्व राजा शाह माघ २६ र २७ गते पुरीमा आयोजना हुने उक्त कार्यक्रममा विशेष समारोहमा सहभागि हुनुको अलावा जगन्नाथ मन्दिरको गर्भगृहमै पुगेर पूजाअर्चना गर्ने कार्यक्रम समेत रहेको बताईएको छ । उक्त गर्भगृहसम्म पूजा गर्ने अवसर अरुकसैलाइ नभएको बताईएको  छ ।

पूर्वराजा भारत जाने क्रममा विमानस्थलमा संचारकर्मीलाइ छोटो प्रतिक्रीया दिदै उहाँले भने हिँड्ने बाटो फरक फरक भएपनि सिद्धान्त त भने निष्ठावान एवम् अडिग हुनुपर्ने बताउँनु भएको छ । त्यस्तै साहित्यीक पारामा उहाँले भने रुखमा पात झर्लान, तर जरा भने उही रहने बताउँनु भएको छ । त्यस अवसरमा विमानस्थलमा उपस्थित ,राष्ट्रबादी नेपाली जनताले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ महाराजधिराज सरकारको जय जय जय हो भन्ने जस्ता नारा लगाएका थिए।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।