शनिबार, बैशाख १५, २०८१

 यस्तो छ प्रादेशिक सभामुख चयन तालिका

काठमाडौ माघ २२,  सातवटै प्रदेशको प्रदेशसभाको बैठक धमाधम शुरु भएसंगै बैठक सम्पन्न भएका प्रदेशहरुमा सभामुख चयनका लागि मिति तोकिएको छ ।

यसरी मिति तोकिएका प्रदेशहरुमा क्रमस १ न प्रदेशमा माघ २९ गतेका लागि मिति तोकिएको छ भने प्रदेश २ आगामी फागुन २ प्रदेश ३ माघ २७ प्रदेश ४ मा फागुन ४ गते र प्रदेश न ५ मा फागुन २ , प्रदेश ६ मा माघ २९ र प्रदेश ७ माघ २९ गतेका दिन सभामुख चयन गर्ने कार्यसूची तय गरिएको छ । प्रदेशसभाका बैठकले पहिलो चरणमा सभामुख चयनलाई पहिलो कार्यसूची बनाएको हो ।

त्यस्तै सभामुखका लागि ७ प्रदेश मध्ये प्रदेश नं १, ३, ६ र ७ को सभामुखमा एमालेले उम्मेदवारी दिनेछ भने प्रदेश नं ४ र ५ मा भने माओवादी केन्द्रले र प्रदेश नं २ मा भने राजपाले सभामुखमा उम्मेदवारी दिने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।