मङ्लबार, बैशाख १८, २०८१

पदभार ग्रहण लगत्तै गर्भनर जोशीले भने– बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा राहत वितरण

काठमाडौं साउन ६ , लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए २ का लागि नवनिर्वाचित डिस्ट्रिक्ट गर्भनर लायन शोभा जोशीले लायन्स वर्ष २०१९/०२० का लागि गर्भनरको पदभार आज एक कार्यक्रमकावीच ग्रहण गर्नु भएको छ । नव निर्वाचित पदाधिकारीलाइ आज २०१८/०१९ का गर्भनर आईपीडिजी लायन सुदर्शनधर प्रधानाङ्गले पद हस्तान्तरण गर्नु भएको हो ।

त्यस्तै पदभार ग्रहण गर्दै गर्भनर लायन शोभा जोशीले देशका विभिन्न क्षेत्रमा गत महिनाको अन्तमा अविरल वर्षासंगै आएको बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा राहत वितरणको कार्य शुरु गर्ने बताउँनु भएको छ ।
त्यस्तै राहत वितरणको लागि लायन्स क्लब अन्र्तराष्ट्रियबाट १० हजार डलर प्राप्त भएको जानकारी दिदै डिस्ट्रिक्ट हन्र्तगतका लायन्स क्लबका सदस्यहरुबाट आपतकालीन कार्य प्रयोजनार्थ संकलित रकम यस किसिमको कार्यमा प्रयोग गरिने बताईएको छ ।  नेपालमा डिस्ट्रिक्ट ३२५ ए २ मा १८५ भन्दा पनि बढी क्लब र पाँचहजार भन्दा पनि बढी लायन्स सदस्य  आवद्ध रहेको छन्

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।