मङ्लबार, बैशाख १८, २०८१

सूचनाको हक : गुठी संस्थानका अध्यक्ष चौधरीसंग १७ बुँदे जानकारी माग

काठमाडौ साउन ५, राष्ट्रिय पहिचान संरक्षण संयुक्त सङ्घर्ष समितिले आज गुठी संस्थानसंग  सांस्कृतिक सरोकारका विषयमा    सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ र ७ बमोजिक १७ बुँदे जानकारी माग गरेको छ ।

समितिका संयोजक गणपतिलाल श्रेष्ठले संस्थानले सञ्चालन गर्ने गरेका जात्रा–पर्व एवं त्यससँग सम्बन्धित सम्पत्ति विवरण अध्ययन प्रयोजनको लागि भन्दै यस किसिमको जानकारी माग गरिएको हो ।

माग पत्रमा राज र छुट गुठीको जग्गा, मालपोतमा राज गुठीको सम्पत्तिको रुपमा रहेको जग्गाको विवरण र हाल सो जग्गा के कामको लागि प्रयोग भइरहेको छ सो समेत उपलब्ध गराउँन माग गरिएको छ । सूचनाको हक सहितकोमाग पत्र बुझेदै गुठी संस्थानका अध्यक्ष मीनराज चौधरीले यसबारे देशभरबाट विवरण सङ्कलन भइरहेको जनाउँदै उक्त सूचना चाँडो बुझाउने प्रतिबद्धता व्यक्त गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।