मङ्लबार, बैशाख २५, २०८१

स्थानीय तहका नैतिकवान् कर्मचारीमाथि अन्याय हुन नदिने काँग्रेस प्रवक्ता शर्माको प्रतिवद्धता

काठमाडौं असार १४ , स्थानीय तह कर्मचारी युनियन नेपालले काठमाडौंमा आयोजना गरेको २ दिने कार्यशालालाइ सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्मालेसरकार एकपक्षीय हुँदै गएको बताउँनु भएको छ । त्यस्तै उहाँले कार्यशालामा नेपाली राजनीतिमा नेपाली कांग्रेसको योगदान र आगामी कार्यदिशाका बिषयमा प्रस्तुतिकरण गर्ने क्रममा प्रस्तुत अभिव्यक्ति दिदै सरकारले अघि सारेको जनचाहना बिपरितका मिडिया काउन्सिल बिधेयक यसको उदाहरण भएको बताउँनु भएको छ ।

त्यस्तै उहाँले हिजो व्यक्तिको नाममा सम्पत्ति दिनु हुँदैन भन्नेहरु आज आफ्नै नाममा घडेरी खोजेर हिँड्नु हुन्छ । नेकपाका अध्यक्ष प्रचण्डलाई उदाहरण मानेर हेर्नोस् । उहाँका व्यक्तिगत नाममा सम्पत्ति छ कि छैन? घडेरी छ कि छैन? उहाँहरुका लागि आसन एउटा कुरा हो, शासन अर्कै कुरा हो भन्दै नेकपाले आदर्श व्यक्ति मानेका कार्लमाक्सले युवा अवस्थामा आफू जन्मेको भूमिको नागरिकता त्याग गरेका थिए । यो सिद्धान्त अबलम्बन गर्ने कसरी राष्ट्रबादी हुन सक्छन्? नेकपाका नेताको मनस्थिति एउटा छ, यसवीचमा नेपालको परिस्थिति अर्को छ । कसरी जनताले चित्त बुझाउने भन्दै प्रतिप्रश्न गर्नु भएको छ ।

साथै कांग्रेसको दर्शन भनेको बिजय दर्शन भएको बताउँदै प्रवक्ता शर्माले यसमा हरेक नागरिकको जीत हुन्छ । हरेकले स्वतन्त्रता र सम्मान पाउँछन् । यसमा कर्मचारीलाई म भन्न चाहन्छु — तपाईहरु नैतिकवान् भएका काम गर्नोस् । तपाईले गलत गर्नुभयो भने, कांग्रेसले बचाउन बिज्ञप्ति जारी गर्दैन । सही बाटोमा हिँडिरहेका बेला तपाईमाथि कसैले बक्रदृष्टि लगायो भने कांग्रेसले स्थानीय तहको जिम्मेवारी सम्हाल्ने कोही पनि कर्मचारीमाथि अन्याय हुन नदिने प्रतिवद्धता व्यक्ति गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ । 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2019
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31