शनिबार, बैशाख ८, २०८१

आन्दोलित ‘ल्याण्डफिल्ड साइड’ सिसडोलका स्थानीय र महानगरका प्रतिनिधीवीच हात हालाहाल

काठमाडौ असार १४ संघीय राजधानीको फोहर व्यवस्थापन गर्ने मुख्य क्षेत्र नुवाकोटको सिसडोलका स्थानीय र काठमाडौँ महानगरपालिकाका प्रतिनिधिवीच आज हात हालाहाल भएको समाचार प्राप्त भएको छ ।

फोहर व्यवस्थापन गर्ने सवालमा नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलका बासिन्दाले क्षतिपूर्ति पुनरावलोकनलगायतका माग गर्दै शुरु गरेको आन्दोलनका कारण विगत एक साता एता देखि फोहर व्यवस्थापनमा अवरोध गर्दै आएका स्थानीय संग वार्ता गर्ने क्रममा झडप सहित हात हालाहालको अवस्था सिर्जना भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै झडपका क्रममा केही स्थानीयवासी र केही प्रहरी समेत घाइते भएको बताईएको छ । स्मरण रहोस एक हप्तादेखि काठमाडौँको फोहर उठ्न नसक्दा उपत्यकाको चोकचोकमा फोहरको थुप्रो जम्मा हुँने क्रम बढ्दो रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।