मङ्लबार, बैशाख २५, २०८१

गुठीलाइ सामन्तवादको संज्ञा दिने सञ्चारमन्त्री बाँस्कोटाको राजीनामा माग

सरकार विरोधी प्रदर्शन दिनानुदिन थप उचाइमा पुग्ने क्रम जारी

काठमाडौं जेठ ३२, सरकारले ल्याएको गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ खारेजीको माग गर्दै यत्र तत्र सर्वत्र शुरु भएको सरकार विरोधी प्रदर्शन दिनानुदिन थप उचाइमा पुग्ने क्रम जारी रहेको छ ।

सरकारले तत्काल जनभावनाको सम्बोधन गर्दै प्रस्तुत विधेयक फिर्ता नगरे सरकार विरुद्ध सडक देखि सदन सम्म मात्र नभइ टोल टोलबाट आन्दोलनको आवाज मुखरित हुने संभावना उच्च रहेको छ ।

यहासम्मकी सन्चार मन्त्री गोकुल बाँस्कोटाले गत विहिवार मपको निर्णय सार्वजनिक गर्ने क्रममा गुठी विधेयक सामन्तवाद र गुठीयारलाइ सामन्तवादीको दर्जा दिएसंगै सत्तारुढदलका नेता तथा सासंद समेतले सन्चारमन्त्री बाँस्कोटाको राजीनामा माग गर्दै प्रस्तुत विधेयक तत्काल फिर्ता गर्न भनेका छन ।

त्यस्तै काठमाडौं निर्वाचन क्षेत्र न ७ बाट संघीय संदमा प्रतिनिधीत्व गर्ने  नेकपाका सांसद रामवीर मानन्धरले शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा वोल्ने क्रममा गुुठि र यससंग सम्बन्धित गुुठियारहरुको मान मर्दन गरेको बताउँदै सन्चारमन्त्रीको राजीनामा माग गर्नुभएको हो । त्यस्तै कार्यक्रममा काठमाडौं निर्वाचन क्षेत्र न ६बाट संघीय संसद रहेका कांग्रेस नेता भीमसेनदास प्रधानले गुठी विधेयक फिर्ता नभएसम्म संसद सुचारु हुन नसक्ने जनाउ दिदै सरकारले प्रस्तुत विधेयक तत्काल फिर्ता गर्न माग गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2019
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31