शुक्रबार, चैत्र १६, २०८०

व्यवासायीक एैकेवद्धता सहित संस्थागत रुपमा गोलवद्ध हुन आव्हान

दुइ दिवशीय औषधिको वितरण तथा भण्डार केन्द्रीत अभिमुखिकरण,  ५ दर्जन भन्दा बढि थोक औषधि व्यवसायी लाभाम्वित

पोखरा जेठ ३२ , नेपाल औषधि थोक व्यवसायी संघको आयोजनामा शुक्रवारबाट गण्डकी प्रदेश पोखरामा शुरु भएको दुइ दिवशीय थोक औषधि व्यवसायी लक्षित वितरण तथा भण्डार सम्बन्धी अभिमुखिकरण कार्यक्रम व्यवासायीक ऐक्यवद्धता व्यक्त गर्दै सम्पन्न भएको छ ।

अभिमुखिकरणको समापनसत्रपूर्व प्रशिक्षणको क्रममा सहभागी औषधिका थोक व्यवसायीहरुलाइ नियमक निकाय औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल समेतले औषधिको गुणस्तरियता कायम गर्न थोक व्यवसायीले निर्वाह गर्नु पर्ने विधागतपक्षमा विशेष प्रशिक्षण दिनु भएको  थियो भने औषधिको वितरण तथा भण्डार सम्बन्धी प्रशिक्षकद्दय किरण बज्राचार्य र अरविन्द वानियाले सहभागीहरुलाइ प्रशिक्षण दिनु भएको थियो ।

समापन सत्रको क्रममा नेपाल औषधि थोक व्यवसायी संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटाले व्यवसाय र व्यवसायीको सुरक्षार्थ अवलम्न गर्नुपर्ने विविध पक्षमाथि सहभागीहरुलाइ अनुभव सहितको प्रशिक्षण् दिनु भएको थियो । त्यस्तै गण्डकी प्रदेशका अध्यक्ष रुद्र मल्लले सम्पूर्ण थोक व्यवसायी यो वा त्यो नाममा नअलमलिन आग्रह गर्दै संस्थागत रुपमा गोलवद्ध हुन आव्हान गर्नु भएको थियो ।  प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेश र काठमाडौका समेत गरि ५ दर्जन भन्दा बढि थोक औषधि व्यवसायीको सहभागिता रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।