मङ्लबार, बैशाख २५, २०८१

टिपरको ठक्करबाट महासंघ सुर्खेत शाखाका सहसचिव गेलाङको मृत्यु

काठमाडौं जेठ २९, नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव नन्दु गेलाङको टिपरको ठक्करबाट मृत्यु भएको छ । बुधबार पहिचान दैनिकका सम्पादक समेत रहेका गेलाङलाइ सुर्खेतको भेरीगंगा नगरपालिका–८ को लोदेमा गेलाङ सवार भे८प ७६०४ नम्बरको मोटरसाइकललाई बा५ख १६८३ नम्बरको टिपरले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको हो । ठक्करलगत्तै टिपरचालक फरार भएकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैवीच नेपाल पत्रकार महासंघले डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका पत्रकार एवमे महासंघका सहसचिव गेलाङको सवारी दुर्घटनामा निधन भएको दुःखद् खवरले स्तब्ध भएको जनाउँदै स्वर्गीय गेलाङप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेको छ । साथै महासंघले घटनाको सत्य–तथ्य पत्ता लगाई दोषीमाथि कारबाही गरी पीडित परिवारलाई क्षतिपूर्ति दिन सम्बन्धित निकायसँग माग गरेको छ । पत्रकारगेलाङका श्रीमती र एक छोरी छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2019
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31