बिहिबार, बैशाख १३, २०८१

सरकार गुठी विधेयकको नाममा निजी गुठीलाई नियन्त्रण गर्ने नियोजित प्रयासमा लागेको सासंद सिंहको आरोप

काठमाडौं जेठ २९, प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षीदलका काँग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले ल्याएको गुठी सम्बन्धि विधेयकले गुठीको मूल मर्ममा प्रहार गरेको आरोप लगाएका छन् ।

बैठक सुरुभएसंगै काँग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि सभामुखले  सासंद सिंहलाई बोल्न समय दिनु भएको थियो । त्यसक्रममा सासंद सिंहले गुठीलाई व्यवस्थित गर्ने नाममा प्राधिकरणको नाम दिएर निजी गुठीलाई नियन्त्रण गर्न नियोजित प्रयासमा सरकार लागि परेको बताउँदै संबिधानले समेत निजी सम्पत्ति, गुठी, संघ संस्थालाई जोगाउने सवालमा गरेको ग्यारेन्टीको धज्जी उदाउँदै नागरिकको निजी सम्पत्तिमाथि समेत नियन्त्रण गर्ने परिपञ्च रचेको बताउँनु भएको छ ।

त्यस्तै उहाँले सम्बन्धीत र सरोकारवाला सँग समेत कुनै छलफल नगरि एकतर्फी रुपमा ल्याएको प्रस्तुत विधेयकले नागरिकको सनातन संस्कार र्संस्कृतिमाथि प्रहार गर्न खोजेको जनाउ दिदै उहाँले गुठी विधेयक तत्काल फिर्ता लिएर सरोकारवालाहरुसँगको छलफल पछि मात्र विधेयक ल्याउन माग गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।