मङ्लबार, बैशाख २५, २०८१

निःशुल्क शिक्षामा सर्वसाधारणको पहुँच हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौ बैशाख १६,  नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेको वारिसनामामा आज अधिवक्ता राजकुमार उप्रेतील निःशुल्क शिक्षामा सर्वसाधारणको पहुँच हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय संसद् सचिवालय, कानून तथा संसदीय दलको कार्यालय, काठमाडौँ महानगरपालिकासहित सात सरकारी कार्यालयलाई विपक्षी बनाउँदै दायर रिटमा संविधानमा प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने उल्लेख भए पनि सरकारी तथा निजी विद्यालयले मनपरी शुल्क असुल गरिरहेको उल्लेख छ । शिक्षामा व्यापारीकरण भइरहेको जिकिरसहित आम सर्वसाधारण नेपाली अध्ययनबाट वञ्चित हुन सक्ने भएकाले सो सम्बन्धमा अदालतबाट न्यायिक व्याख्या हुनुपर्ने माग गरिएको छ ।

त्यस्तै रिटमा शिक्षा ऐन, २०७५ को दफा ४०(१) (९) नेपालको संविधानको धारा दफा र सो दफासँग सम्बन्धित अन्य दफाहरुसमेत खारेज गर्न माग गर्दै संविधानको धारा ३१ ले नेपाली नागरिकलाई प्रदान गरेको हक विपरीत काठमाडौँ महानगरपालिकाको शिक्षा समितिले निर्णय गरेको भन्दै उक्त निर्णयसमेत खारेज गर्न माग गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु