बिहिबार, चैत्र १५, २०८०

प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले सम्हाले महानगरको कार्यभार

काठमाडौं बैशाख १६,  काठमाडौं महानगरपालिकाको प्रमुख प्रशाशकीय अधिकृत केदार न्यौपानेले कार्यभार सम्हालेका छन । नेपाल सरकारका सचिव न्यौपाने यस अघि उनी प्रदेश १ को प्रमुख सचिवको जिम्मेवारीमा रहेको थियो ।

सचिव न्यौपानेलाई मन्त्री परिषद्को बैशाख २ गतेको निर्णयले महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गर्ने र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सचिव यादवप्रसाद कोइरालालाई संघीय तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरेका थिए ।

कार्यभार ग्रहण गर्दै न्यौपानेले सार्वजनिक सेवा प्रदायकलाई समन्वय गरेर महानगरको छवि सुधार गर्ने प्रयास गर्ने बताएका छन । सोमबार महानगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा तीन वटै तहका सरकार सञ्चालनको अनुभव आफुसँग रहेको बताँउदै यसै अनुभवको प्रयोग गरेर, महानगरलाई व्यवस्थित बनाउने प्रयासमा लाग्ने प्रतिवद्धता अभिव्यक्त  गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।