मङ्लबार, बैशाख २५, २०८१

घुस रकम सहित प्रहरी जवान लोहार पक्राउ

खाद्य अनुसन्धान कार्यालयका प्रमुख श्रीवास्तव विरुद्ध मुद्धा दायर

काठमाडौं चैत २० , सेवाग्राहीसँग घुस रकम माग गर्ने प्रहरी जवान गणेश लोहारलाइ घुसबापत लिएको लिएको रकम रु १७ हजारसहित मंगलवार महानगरीय प्रहरी वृत्त, कालीमाटीले रंगेहात पक्राउ गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाय बुझाएको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्दारा आज जारी विज्ञप्तिमा उल्लेख भएअनुसार मंगलवार महानगरीय दंगा नियन्त्रण प्रहरी गण, त्रिपुरेश्वर दरबन्दी भई ताहाचल स्थित वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयमा सुरक्षार्थ खटिएका प्रहरी जवान लोहारले साउदी अरबका लागि श्रम स्विकृती लिने क्रममा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अवस्थामा ताहचल स्थित वैदेशिक रोजगार विभागबाट पक्राउ गर्दै नि कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंले आयोगलाइ बुझाएको उल्लेख गरिएको छ ।

यसैवीच आयोगले खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, नेपालगंज, बाँकेका खाद्य अनुसन्धान कार्यालयका प्रमुख विनोदकुमार श्रीवास्तव विरुद्ध मंगलावर विशेष अदालत मुद्धा दायर गरेको छ । आयोगको विज्ञप्तिमा श्रीवास्तवले भन्सारबाट आयात हुने सेवा प्रवाह गरेपावट सेवाग्राहीसँग घुस माग गर्ने गरेको अभियोगमा पक्राउ गरेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु