शनिबार, बैशाख ८, २०८१

सत्तारुढदल नकेपा भित्र गुटगत आवाज मुखरित , एकता प्रकृया माथिनै देखियो विरामको संकेत

काठमाडौं चैत २०, तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रवीच एकाकार हुँदै अस्तित्वमा आएको नेकपाको एकता भएको लामो समय वितिसक्दा पनि प्रकृयाले पूर्णता पाउँन नसक्दा अन्तत सत्तारुढदल नकेपा भित्र गुटगत आवाज प्रज्वलित हुन थालेका छन ।

यहासम्की एकता प्रक्रिया टुङ्ग्याउने जिम्मा पाएक अध्यक्षद्धय केपी ओली र प्रचण्डवीच सहमति जुट्न नसक्दा अड्किएको  एकता प्रक्रियाका कारण पछिल्लो समय सरकार परिवर्तनका आजाव समेत मुखरित हुँन थालेको छन ।

माधव नेपाल र झलनाथ खनाल नेतृत्वको अलग अलग समुहले सरकारको आलोचना सहित सरकारर विरुद्ध आक्रमक हुँनु सिके सहमति प्रकरणमा भिम रावलको गर्जन लगायत यावत पक्षको सुक्ष्म विश्लेषण गर्दै राजनैतिक विश्लेषकहरुले अवस्था यस्तै रहने हो भने  एकता प्रक्रियामा माथिनै विराम लाग्न सक्ने संभावना समेत औल्याएका  छन ।

साथै माथिल्लो तहको एकता प्रक्रियामानै नेताहरु रमाउँदै गर्दा तल्लो तहमा पर्दै गएको भ्वांग लाइ सम्बोधन गर्न नसक्दा आज स्थिती नेताहरुको कावु वाहिर बन्दै गएको समेत जिकिर गरेका छन । हुन पनि आज छ भोली छैन भन्दै आआफ्नो स्थान सुरक्षित गर्ने जोड नेकपा भित्र मौलाएको र यसैकै कारण दिनानुदिन नेकपा भित्र भ्वांग पर्दै गएको बताइन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।