मङ्लबार, बैशाख २५, २०८१

काँग्रेसको धार्मिक दृष्टिकोणको सवालमा शेखर र शशांकले बोलेर केही हुन्न : सभापति देउवा

काठमाडौ चैत २ , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपालाइ हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन् ।

प्रेस युनियन पाल्पाले आज गरेको पत्रकार सम्मेलनमा वोल्दै सभापति देउवाले हत्याहिंसा र अराजकताले कसैको कल्याण नर्गर्ने बताउँदै वार्ताको विकल्प नभएको भन्दै उहाँले जति सक्दो छिटो वातावरण बनाउँदै अगाडि बढ्न सरकारलाई समेत आग्रह गर्नुभएको प्राप्त समाचरमा उल्लेख गरिएको छ । त्यस्तै पत्रकार सम्मेलनमा संवादतादाहरुको प्रश्नको उत्तर दिदै सभापति  देउवाले यो वा त्यो नाममा सरकारले निरंकुशता मार्गमा आफुलाइ अग्रसर गराउँदै कहिले सञ्चार क्षेत्रमाथिको हस्तक्षेप त कहिले विवादास्पद सहमतिलाइ प्रशय दिएको बताए ।

साथै धार्मिक प्रसंगमा काँग्रेसका केहि नेताहरु मुलकलाइ धर्म सापेक्ष बनाउँने अभियानमा रहेको भन्दै यसवीचमा सुरु भएको बहसको सवालमा सोधिएको प्रश्नको जवापफ दिदै उहाँले प्रष्ट शव्दमा भने धार्मिक सवालमा संविधानत अनुरुपको व्यवस्थाप्रति काँग्रेस प्रतिवद्ध रहेको जहाँसम्म हिन्दूधर्मको सवालमा भन्ने हो भने गिरिजाप्रसाद कोइरालाले धर्म निरपेक्षताको नेतृत्व गरेकाले शेखर र शशांक कोइरालाले हिन्दू धर्मका पक्षमा बोलेर केही नहुने जनाउ दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728