बिहिबार, बैशाख १३, २०८१

यस्तो छ वर्ष ०७६को लागि स्वीकृत सार्वजनिक बिदाको कार्यतालिका

१५ दिने सार्वजनिक बिदा लगायतका बिदा सूचीसहित

काठमाडौ चैत २,  सरकारले वर्ष २०७६ सालका लागि स्वीकृत सार्वजनिक बिदाको राजपत्रमा  कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक बिदा तालिका अनुसार जम्मा जम्मी वर्ष २०७६ सालमा १५ दिन सार्वजनिक विदा स्वीकृत गरिएको छ । त्यस्तै स्वीकृत विदासूचीमा विषयगत विदा शिर्षकमा पर्व विदा , महिला कर्मचारीका लागि मात्र बिदा, शिक्षण संस्थाका लागि मात्र बिदा, जात्रा बिदा, दशैँ, तिहार बिदा, दिवस बिदा, दिवस जयन्ती बिदा र सट्टा बिदा भनेर छुट्टयाइको छ ।

नववर्ष वैशाख १, विश्व मजदुर दिवसका दिन वैशाख १८ गते, असोज ३ गते  संविधान दिवसको  विदा , महाशिवरात्रि फागुन ९ , फागुन २७ गते फागु पूर्णिमाको बिदा,  दशै बिदा अन्तर्गत ५ दिन फूलपातीदेखि एकादशीसम्म सम्म दशैँ बिदा, लक्ष्मीपूजादेखि भाईटीकासम्म ३ दिन तिहार बिदा,फागुन २५ गते आइतबार अन्तराष्ट्रिय महिला दिवसमा सार्वजनिक विदा

जस अनुसार पर्व बिदा अन्तर्गत मुलुकभर नववर्ष वैशाख १, महाशिवरात्रि फागुन ९ र फागुन २७ गते फागु पूर्णिमाको सार्वजनिक विदा दिईएको छ । त्यस्तै सम्बन्धित धर्म, सँस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका आधारमा पनि विभिन्न पर्व अन्र्तगतका बिदा पर्व मनाउने जिल्लामा सार्वजनिक बिदा दिइने राजपत्रमा उल्लेख गरिएको छ । जसअनुसार किराँत/राई याख्था, सुनुवार, लिम्बू जातिका उभौली पर्व जेठ ४, गौरा पर्व भदौ ६, इद पर्वका अवसरमा समेत सरकारले बिदा दिएको छ ।

वर्ष २०७६ सालका लागि स्वीकृत सार्वजनिक बिदाको राजपत्रमा प्रकाशित कार्यतालिका 

(सूचीको लागि  क्लिक गर्नु होला)

त्यस्तै छठ पर्व, इस्लाम धर्मावलम्बीको पर्व बकर इद , किराँत जातिको उधौली पर्व, यमरी पुन्ही, ज्यापू दिवस मङ्सिर २६, इसाई धर्मावलम्बीहरुको क्रिसमस डे पुस ९, तमु ल्होसार पुस १५, माघे सक्राङ्न्ति माघ १, सोनाम ल्होसार माघ ११, ग्याल्पो ल्होसार फागुन १२, सिरुवा पावनी पर्व ,छठ पर्व, पर्व बकर इद , किराँत जातिको उधौली पर्व, यमरी पुन्ही, ज्यापू दिवस मङ्सिर २६, इसाई धर्मावलम्बीको क्रिसमस डे पुस ९, तमु ल्होसार पुस १५, माघे सक्राङ्न्ति माघ १, सोनाम ल्होसार माघ ११, ग्याल्पो ल्होसार फागुन १२, सिरुवा पावनी पर्व मनाउने जिल्लामा सार्वजनिक बिदाको व्यवस्था गरेको छ ।

काठमाडौं उपत्यकाका लागि मात्र गाइजात्रा साउन ३१, इन्द्रजात्रा भाद्र २७, मछिन्द्रनाथको भोटो देखाउने जात्रा र घोडे जात्रा चैत ११ गते सार्वजनिक बिदा स्वीकृत

त्यस्तै भाद्र १६ गते महिला कर्मचारीका लागि भदौ १६ गते हरितालिका तीज र असोज ५ गते जितिया पर्व मनाउने जिल्लामा सार्वजनिक बिदा दिइएको छ । यसैगरी शिक्षण संस्थाका लागि वसन्तपञ्चमी माघ १६ गतेका दिन बिदा दिइने छ । त्यस्तै गरि जात्रा बिदा अन्र्तगत काठमाडौं उपत्यकाका लागि मात्र गाइजात्रा साउन ३१, इन्द्रजात्रा भाद्र २७, मछिन्द्रनाथको भोटो देखाउने जात्रा र घोडे जात्रा चैत ११ गते सार्वजनिक बिदा स्वीकृत गरिएको छ ।

साथै दशै बिदाअन्तर्गत पाँच दिन फूलपातीदेखि एकादशीसम्म सम्म दशैँ बिदा त्यस्तै लक्ष्मीपूजादेखि भाईटीकासम्म ३ दिन तिहार बिदा हुने र्भके छ । यसैगरी दिवस बिदा अन्तर्गत विश्व मजदुर दिवस ८ , संविधान दिवस असोज ३ , अन्तर्राष्ट्रिय महिला दिवस फागुन २५ र अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मङ्सिर ७ अपाङ्गता भएका सम्पूर्ण कर्मचारीलाई सार्वजनिक बिदा दिइने भएको छ ।

जन्मजयन्ती बिदामा बुद्ध जयन्ती जेठ ४ , सम्बन्धित धर्मावलम्बीका लागि गुरुनानक जयन्ती कात्तिक २६ , फाल्गुनन्द जयन्ती कात्तिक २५ बिदा दिइने छ ।  सरकारले केही दिवसलाई राष्ट्रिय रुपमा मनाइए पनि कार्यालय भने खुला हुँने जनाएको छ । जसअनुसार गणतन्त्र दिवस जेठ १५ , निजमती दिवस भदौ २२ , राष्ट्रिय एकता दिवस पुस २७ , राष्ट्रिय शहीद दिवस माघ १६ , राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ , जातीय भेदभाव तथा छूवाछूत उत्नमूलन राष्ट्रिय दिवस जेठ २१ रहेका छन । यसैगरी विदेशस्थित नेपाली नियोगहरुले सम्बन्धित मुलुकको सार्वजनिक बिदालाई समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैले व्यवस्थापन र समायोजन गर्न राजपत्रमा उल्लेख गरिएको छ ।

साथै अस्पताल, रोपवे, टेलिफोन, प्रहरी, अध्यागमन, थाना, चौकी, फायर बिग्रेड, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, हुलाक आदी जस्ता निरन्तर र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय विभाग तथा कार्यलयले सार्वजनिक बिदाका दिनमा समेत कामकाज गर्नुपर्ने हुँदा त्यस्ता कार्यालयमा दैनिक काम नरोकिने गरी सार्वजनिक बिदाका दिन काम गरेबापत प्रचलित कानूनको रित पु¥याइ सट्ट बिदा बस्न सक्नेछन् ।  वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म र कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तथा शुक्रबार बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्नेछन् प्रकाशित राजपत्रमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।