मङ्लबार, बैशाख १८, २०८१

सरकार विरुद्ध नेविसंघ सडकमा : सम्झौता खारेज नगरे कडा आन्दोलनको चेतावनी

काठमाडौं फागुन २८ , आन्तरिक विवादमा रुमलिएका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका भातृ संगठन नेपाल बिद्यार्थी संघ सडकमा ओर्लिएका छन । नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले पृथकतावादी आन्दोलन गरी रहेका सिके राउतसंग राष्ट्रघाती सम्झौता गरेको भन्दै सम्झौता खारेजीको माग सहित नेविसंघ सडकमा उत्रेको हो ।

यसक्रममा संघले आज सरकारले राउतसंग गरेको सहमति खारेजको माग गर्दै काठमाडौ त्रिचन्द्र, शंकरदेव, पशुपति, रत्नराज्यलगायत क्याम्पस अगाडि प्रदर्शन गरेका छन् । सिके राउतसंगको सम्झौता खारेज गर, सिके राउतलाई कारवाही गरलगायतका नारा र प्लेकार्डसहित गरिएको प्रदर्शनको क्रममा संघले सम्झौता खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

त्यस्तै सहमतिपत्रमा देश टुक्र्याउन जनमत संग्रह गर्ने अर्थ लाग्ने गरी जनअभिमत भनिएकाले यो कुनै हालतमा मान्य नहुने जनाउ दिदै विद्यार्थी नेताहरुले सरकारले नै राष्ट्रिय अखण्डतामाथि प्रहार गरेको आरोप सहित सहमति खोरेज गर्नु पर्ने बताएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।