काठमाडौं माघ १६, प्रधानमन्त्री केपी ओलीले अब अधिकारका लागि कसैले सहिद हुनु नपर्ने धारणा अभिव्यक्त गर्नु भएको छ । सहिद सप्ताहको अन्तिम दिन बुधबार काठमाडौंको लैनचौरस्थित सहिद पार्कमा आयोजना गरिएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रम ओली यस्तो अभिव्ययक्ति दिनु भएको हो ।
त्यस्तै उहाँले लोकतन्त्रको संस्थागत जगलाई बलियो बनाएर सहिदको सपना पूरा गराउन कानुनी शासन स्थापना र भ्रष्टाचारको अन्त्य गर्न सबै एकजुट हुनु पर्नेमा जोड दिदै प्राकृतिक सम्पदाले भरिएको नेपाललाई समृद्ध बनाउने र नेपालीलाई सुखी बनाउने योजनामा एकजुट हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले, भावी पुस्तालाई उन्नत नेपाल सुम्पन साझा संकल्पको खाँचो औल्याउँनु भएको छ । त्यस अवसरमा प्रम ओलीले ज्ञात अज्ञात सहिदको स्मरण गर्दै सहिद स्तम्भमा पुष्प हार चढाउनुभएको थियो । त्यस्तै नेपाली सेनाको टुकडीले सहिदहरुलाई सलामी अर्पण गनुृ भएको थियो ।
त्यस्तै श्रद्धाञ्जली सभामा बोल्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले, प्राणदण्ड हुनसक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताका पक्षमा आवाज उठाउने सहिदको सपना कसैले बिर्सन नहुँनेमा जोड दिदै निर्वाचित प्रतिनिधिले राम्ररी काम गर्न नपाएपछि लोकतन्त्र कमजोर हुने बताउँदै निर्वाचित प्रतिनिधीलाइ निर्वादरुपमा काम गर्नुदिनुपर्ने बताउँनु भएको छ ।
यसअघि शान्तिबाटिकामा भेला भइ बाजागाजासहित लैनचौरसम्म -याली गरिएको थियो । ¥यालीमा गृहमन्त्री रामबहादुर थापा बादल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसहित सरकारी उच्च अधिकारीको सहभागिता थियो ।
राणा शाशनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा वि. सं. १९९७ साल माघ १० गतेदेखि १५ गतेवीच ४ जना सहिदलाई प्राण दण्ड दिइएको थियो । हुकुमी शासनको विरोध गरेको र नागरिकलाई स्वतन्त्रताको पक्षमा उक्साएको आरोपमा राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभाभगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो । फोटो: C.M भटटराइ
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- राष्ट्रिय फोटो पत्रकारिता दिवस: बङ्गलादेशी टोलीसंग एनएफपिजे पराजित
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान