प्रजातन्त्रका लागि सहर्ष मृत्युदण्ड स्वीकार गर्ने वीर शहीद श्रेष्ठ र चन्दप्रति श्रद्दासुमन
काठमाडौं माघ १५, सहिद सप्ताह अन्तर्गत आज दशरथ चन्द र गंगालाल श्रेष्ठले अमरत्व प्राप्त गर्नुभएको काठमाडौ महानगरपालिका वडा न १५ स्थित शोभा भगवती मन्दिर परिसरमा आयोजित आयोजित श्रद्धाञ्जली सभामा हुकुमी शासन परिवर्तन गरेर प्रजातन्त्र स्थापना गर्न सहर्ष मृत्युदण्ड स्वीकार गर्ने वीर शहीद गंगालाल श्रेष्ठ र दशरथ चन्दप्रति श्रद्दासुमन अर्पण गरिएको छ ।
श्रद्धाञ्जली सभामा संघीय संसद सदस्य जीवनराम श्रेष्ठले स्वतन्त्र मुलुकका स्वाधीन नागरिक भएको हेर्ने, जनतालाई रैतीबाट मालिक बनाउने लक्ष्य बोकेर प्राण आहुती दिएका शहीदले देखाएको बाटो हिँड्न सत्ता पक्ष र प्रतिपक्षमा बाँडिनु नहुँनेमा जोड दिदै महत्वपूर्ण निर्णय गर्ने बेलामा सहिदलाई सम्झिन सकियो भने मात्र पनि गलत ठाउँमा पुग्नबाट बचिने बताउँनु भएको छ ।
स्मरण रहोस, हुकुमी शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रकालागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनारा शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो । त्यसबखत्, एकअर्काले देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो । ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रकालागि गोली खान तयार भएकालाई पहिले घुँडाभन्दा तल गोली हानिएको र पछि ज्यान जाने गरी गोली ठोकिएको थियो ।
त्यस्तैगरि कामपाका प्रमुख एवम् शहीद सप्ताह मुल समारोह समितिका संयोजक बिद्यासुन्दर शाक्यले प्राणदण्ड हुनसक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताका पक्षमा आवाज उठाउने सहिदलाई, सडक दुर्घटनामा ज्यान गुमाउनेलाई शहीद घोषणा गर्नुपर्ने माग ताडम्यता नमिल्ने बताउँदै आफ्नाले गलत गरे पनि छुट हुने अर्काले सही गरे पनि दोषी बनाउने नजर त्याग गर्न नसकेसम्म सहिदको सपना पूरा हुन नसक्ने बताउँनु भएको छ ।
त्यस्तैगरि श्रद्धाञ्जली सभामा बोल्दै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, काठमाडौं महानगरको वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल लगायतले शहीदको सपना साकार पार्न योगदान गर्न आवश्यक रहेको बताउँनु भएको छ । त्यसअवसरमा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, महानगरका अधिकारीहरुसँगै स्थानीयबासीको उपस्थिती रहेको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- गण्डकीका सभामुखको असंवैधानिक र सर्वसत्तावादी चरित्रको कांग्रेसले गर्यो घोर भर्त्सना
- आयोगले दियो राईको नेतृत्वमा नवगठित जनता समाजबादी पार्टीलाई नयाँ दलको मान्यता
- सवारी लाइसेन्सको डिजिटल सिष्टमलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन
- कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक
- पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
- अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको दलगत संरचना
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
- गण्डकी प्रदेश: सभामुखको असंवैधानिक निर्णय काँग्रेसद्वारा अस्वीकार
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान