बिहिबार, बैशाख १३, २०८१

माघ १६ गते बुधवार सार्वजनिक बिदा

 काठमाडौ माघ १५,  शहीद दिवसको अवसरमा प्रदेश ३ ले सार्वजनिक बिदा दिने भएको छ । गत बुधवार बसेको प्रदेश ३ को मन्त्रिपरिषद् बैठकले भोली माघ  १६ गते  बुधवार बिदा दिने निर्णय गरेको हो । अन्य प्रदेशले भने विभिन्न पर्वमा बिदा दिँदै आए पनि  प्रदेश ३ ले   सार्वजनिक बिदा दिएको यो नै पहिलोपटक हो।    
 प्रदेश ३ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिदाको बारेमा केन्द्रीय सरकारको गृह मन्त्रालयसमेत वोधार्थ पठाएको छ।  केन्द्रीय सरकारले भने शहीद दिवस मनाएपनि बिदा नदिने जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले अहिलेसम्म शहीद दिवसको दिन बिदा नदिएको बताए

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।