मङ्लबार, बैशाख २५, २०८१

डा केसी ६ बुँदे माग सहित फेरि सत्याग्रहमा

फाइल फोटो

इलाम पुस २५, समग्र चिकित्सा क्षेत्रको सुधारका लागि यसअघि भएका सहमतिको कार्यान्वयनको माग गर्दै डा गोविन्द केसीले इलाममा १६ औँ सत्याग्रहको शुरुआत गर्नुभएको छ ।

सत्याग्रह सुभारम्भ कार्यक्रलाइ सम्बोधन गर्दै डा केसीले गत साउन १० गते सरकारसँग भएको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बुधबार संसदीय समितिले पारित गरेपछि डा केसीले ६ बुँदे मागसहित सत्याग्रह सुरु गर्नु परेको बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै उहाँले यसअघि भएको सहमतिको सरकारले निर्ममरुपमा उलङ्गघन गरेको जनाउ दिदै सरकारसँग भएको सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित गरियोस् कार्की आयोगले दोषी ठहर गरेका त्रिविका पदाधिकारीको बर्खास्तीसंगै , चिकित्सा अध्ययन संस्थानका खोसिएका अधिकारको फिर्ता संस्थानमै फिर्ता गरियोस त्यस्तै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने कामको सुभारम्भ गरियोस निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिको तत्काल पहिचान गर्दै कारवाही गयिोस द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीलाई अन्तर्राष्ट्रिय कानुन अनुसार दण्डित गरियोस् सरकारी निर्णय विपरित  तोकेको शुल्क तत्काल फिर्ता लिई गर्नु पर्नेमाग  गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु