बिहिबार, चैत्र १५, २०८०

महोत्तरीमा पत्रकारमाथि नेपाली सेनाका मेजर बस्नेतको अभद्र व्यवाहार

  • धर्मेन्द्र कुमार यादव

महोत्तरी पुस २५ , गत शनिबारको मध्यरातमा नेपाली सेनाले पत्रकारमाथि दुव्र्यवहार गरेको छ । विजय साह भन्ने व्यक्तिले बर्दिबास —१३ मा सञ्चालन गरेका चुरियाँमाई वासिङ सेन्टरले प्रदेश नं —२ को पृत्तना क्षेत्रभित्र अवैध रुपमा नदि उत्खन्न गरी त्यहाँ भएका गिट्टी बालुवा चुरियाँमाई वासिङ सेन्टरमा लैजाने गरेको  खवरका रिपोटिङ गर्ने क्रममा दर्पण राष्ट्रिय दैनिक पत्रिकाका व्यवस्थापक तथा सुर्यदय टेलिभिजनका रिपोटर ललन मण्डल र सामुदायिक रेडियो सुनगाभा बर्दिबासका व्यवस्थापक तथा रातोपाटीकर्मी महोत्तरीका सम्वाददाता निकेश खनाललाई नेपाली सेनाका मेजर पुष्कर बस्नेतले रिपोटिङका क्रममा दुव्य{वहार गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै पत्रकालाइ दुव्य{वहार गर्ने मेजर बस्नेत र क्रसरका सञ्चालक शाहवीच सेनाको काम गरेपावत सेनाको पेरिमिटरबाट नदि जन्य पदार्थ उत्खन्न गर्न दिने शर्त राखी सेनाको पेरिमिटर भित्र निर्माणाधिन रहेका अधुरा कामहरु सम्पन्न गराउँदै आएको pnn]v गर्दै यसवीचमा हने गरेको यावत क्रियाकलापको भण्डारफोर हुने भएपछि गोप्य  रिपोटिङमा रहेका पत्रकारको  मोबाइल र क्यामरामा खिचेको भिडियो र फोटो समेत खोसेर डिलेट गर्नुको अलावा सेनाका मेजरले पत्रकारद्धयसंग“ तिमीहरु आएका को हौँ रु हाम्रो अनुमति बिना किन हाम्रो पेरिमिटर भित्र प्रवेश गरेको भन्दै अपराधिलाई जस्तो व्यवहार गरेको जनाइएको छ ।

त्यस्तै प्रस्तुत घटनाक्रमपछि प्रहरीले चुरियाँमाई वासिङ सेन्टरद्धारा सञ्चालित ४ वटा ट्रिपरलाइ नियन्त्रणमा लिएपछि सेनाका मेजर बूनेतले गाडी नजिक आई डरत्रास देखाई प्रहरीको हातबाट ट्रिपरको साँचो खोस्दै आफूले सबै काम पृत्तनापतिकै आदेशमा गरेको र सेनाको पेरिमिटर भित्र हुने सम्पूर्ण क्रियाकलापमा नेपाली सेनाकै अधिकार रहेको हुंदा आफूहरुले गरेको क्रियाकलाप कानुन संवत् रहेको भन्दै सञ्चारकर्मी मात्र नभइ प्रहरीलाइ समेत प्रस्तुत विषयमा अनावश्यक पहलकदमी नर्गन भनेको उल्लेख गरिएको छ ।

यसैवीच प्रस्तुत घट्नाको विषयमा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सञ्चारकर्मीद्धय निकेश खनाल र ललन मण्डल माथि नेपाली सेनाका मेजर बस्नेतले गरेको र्दुव्यवहार प्रति घोर भत्सर्ना गर्दै घट्नाको यथाशीघ्र छानबिन गरी दोषी माथि कारबाहीको मांग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।