बुधबार, बैशाख १९, २०८१

अनियन्त्रितरुपमा भ्रष्टाचारको जालो फैलिदै जानु आफैमा आततायी अवस्था :प्रम ओली

काठमाडौ मंसिर २३,  भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग अनुसन्धान आयोगद्वारा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी ढङ्गले अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

त्यस्तै उहाँले सम्बोधनको क्रममा अत्यन्त घत लाग्ने किसिमले भने भ्रष्टाचारको सवालमा शून्य सहनशीलताको कुरा गर्दा सवै सहमत अनि भ्रष्टाचार गर्न हुँदैन भन्नेमा पनि सवै सहमत हुँदाको अवस्थामा पनि अनियन्त्रितरुपमा भ्रष्टाचारको जालो फैलिदै जानु आफैमा आततायी अवस्था भएको बताए ।

आत्मअनुशासित, कानूनको परिपालना गर्ने मानव जाति आफू नैतिक एवं इमान्दारको स्वबन्धनमा नबाँधिएसम्म भ्रष्टाचार नियन्त्रण गर्न कठिन रहेको बताउँदै प्रधानमन्त्री ओलीले स्वच्छ, पारदर्शी र कानूनी राज्यको पक्षमा दृढताका साथ काम गर्न सबै राष्ट्रसेवकलाई निर्देशन   दिदै म आफू पनि भ्रष्टाचार गर्दिन अरूलाई पनि गर्न दिन्न भनेकामा पहिलो सर्त पूरा गरेको छु, दोस्रो सर्त पूरा गर्ने प्रयासरत रहेको बताए । त्यस्तैगरि प्रम ओलीले पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचारविरुद्धको प्रयास सकारात्मक ढङ्गबाट अघि बढिरहेको उल्लेख गर्दैआयोगको काम कारवाहीको तारिफ गर्नु भएको छ ।

कार्यक्रममा आयोगका प्रमुख आयुक्त नवीन घिमिरे ,मुख्य सचिव लोकदर्शन रेग्मी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मी, आयोगका सचिव महेश्वर न्यौपाने लगायतले पनि सम्बोधन गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।