बुधबार, बैशाख १२, २०८१

निर्मलाको हत्यारालाई सरकारले उन्मुक्ति दिन खोजेको जिकिर सहित महिला संघले माग्यो गृहमन्त्रीको राजिनामा

काठमाडौं मंसिर २३,  नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापा ‘बादल’को राजिनामा माग गरेको छ । संघले आज पत्रकार सम्मेलनको आयोजना गर्दै हत्यारा पत्ता लगाउन वर्तमान सरकार असफल भएको दाबी गर्दै सहित गृहमन्त्री थापाको राजिनामा माग गरेको हो ।

कार्यक्रममा संघकी महासचिव धना खतिवडाले नक्कली अभियुक्त खडा गरेर निर्मला पन्तका बास्तविक हत्यारालाई सरकारले उन्मुक्ति दिन खाजेको जिकिर गर्दै पटक–पटक नक्कली अभियुक्त खडा गरेर सरकार असली हत्यारालाई जोगाउन लागि पर्नु आफैमा र खेदजनक भएको भन्दै सरकारको प्रस्तुत रवैयाको भत्र्सना समेत गरेको छ ।

त्यस्तै पत्रकार सम्मेलन पछि जारी विज्ञप्तिमा देशमा हत्या, हिंसा र बलात्कारको विकराल अवस्था छ । राज्यको आभास जनताले गर्न नसकेको निर्मला जस्ता कयौँ चेली दिन दहाडै बलात्कृत हुन बाध्य भएको जिकिर गर्दै निर्मला जस्ता हजारौँ चेलीहरु बलात्कृत भइरहँदा सरकार कानमा तेल हालेर बसेको र न्याय माग्दै सडकमा उत्रेका जनतालाई गोली हानी हत्या गर्ने, खुट्टा भाँचिदिनेसम्मका निर्मम कार्य भएको उल्लेख गरिएको छ ।

त्यस्तै निर्मलाको न्यायका लागि दबाब दिन टाँसिएका पोष्टर प्रहरीले नै च्यात्नुको नियत के हो रु निर्मलाको न्यायका लागि सम्माननीय राष्ट्रपति समक्ष गुहार माग्न जानेलाई पक्राउ गर्नुको अर्थ के हो रु भन्ने प्रतिप्रश्न गर्दै नेपालका छोरीलाई न्याय दिनुको साटो इश्वरको एकमात्र छोरी भन्दै क्रिष्चियन धर्मलाई बढावा दिन र विवादास्पद संस्थाको अवार्डमा सरकारको ध्यान केन्द्रित भएको जिकिर गरिएको छ ।

साथै १६ दिने अभियान औपचारिकतामा मात्रै सिमित हुँदा सम्पूर्ण महिलाहरु चिन्तित बनेका छौँ । ५ महिना हुनै लाग्दासमेत निर्मलाका हत्यारालाई सार्वजनिक गर भन्दै जनता आन्दोलनमा छन् । तर सरकार भने आन्दोलन दमन गर्न केन्द्रित हुँदा सरकारको नियतमाथि नै प्रश्न उठेको जिकिर गर्दै विज्ञप्तिमा शान्ति सुरक्षाको आभास दिन नसक्ने माननीय गृहमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ । अझै पनि देशमा दण्डहिनता मौलाइरहने र सरकार गम्भीर नहुने हो भने नेपाल महिला संघले सडकदेखि सदनसम्म दबाबमुलक आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्न बाध्य हुँने उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।