मङ्लबार, बैशाख २५, २०८१

सामाजिक सुरक्षा कार्यक्रम प्रचारप्रसार र व्यवस्थापनको खर्च ६७ लाख २३ हजार

 काठमाडौं मंसिर १३,  गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीको पोल्यान्डमा हुने संयुक्त राष्ट्रसंघीय जलवायुसम्बन्धी महासन्धिको २४ औं सम्मेलनमा उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम स्वीकृत गरेको जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले बैठकका थप निर्णयमाथि प्रकाश पार्दै डा। अम्बेडकर इन्टरनेसनल अवार्ड लिन जान खेलकुदमन्त्री जगतबहादुर सुनारलाई भारत जान स्वीकृति प्रदान गर्नुको अलावा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रचारप्रसार तथा व्यवस्थापनका लागि ६७ लाख २३ हजार ७ सय ५० रुपैयाँ अर्थ मन्त्रालयबाट सुरक्षा कोषलाई उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनु भएको छ ।

त्यस्तै नेपाल तथा भारत सरकारबीच सुरक्षासम्बन्धी विषयको नेपाल–भारत सुरक्षासम्बन्धी द्विपक्षीय परामर्श समूहको बैठक मङ्सिर २७ र २८ गते काठमाडौँमा गर्न स्वीकृति दिनुको अलावा  संघीय संसदका सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित राजनीतिक वार्ता टोलीलाई प्रतिवेदन तयार गरी बुझाउन मङ्सिर २५ गतेसम्मको अवधि थप गर्ने निर्णय र गत मङ्सिर ५ गते सुनसरी जिल्लाको दुहवी नगरपालिकामा अज्ञात व्यक्तिबाट गोली प्रहार भई मृत्यु भएका फिदा हुसेनको परिवारलाई र मङ्सिर ७ गते गोली प्रहारबाट मृत्यु भएका कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका–४ का राजबाबु भनिने दीपेन्द्र चौधरीको परिवारलाई राहतस्वरुप रु १०÷१० लाख उपलब्ध गराउने सरकारले निर्णय गरेको  दिदै अन्य एकदर्जन नितिगत निर्णय निम्नानुसार रहेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031