शुक्रबार, चैत्र १६, २०८०

पिडानका अध्यक्षको प्रश्न, सरकार !औषधि वोकेको गाडी अत्याआवश्यकीय सेवामा पर्ने कि नपर्ने ?

जोर–बिजोर प्रणालीका कारण आम जनताको दैनिकी लथालिङ्ग

काठमाडौं मंसिर १३, मंसिर १४ देखि १७ गतेसम्म काठमाडौमा सम्पन्न हुने एशिया प्यासिफिक समिट २०१८ लाइ दृष्टिगत गर्दै गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा चल्ने सवारी–साधनमा मंसिर १३ देखि १६ गतेसम्म जोर–बिजोर प्रणालीसमेत लागू गरेसंगै आम जनताले अनावश्यक सास्ती खेप्न बाध्य भएको समाचार प्राप्त भएका छन ।

एकातर्फ चार दिनसम्म लागू भएको जोर–बिजोर प्रणालीका कारण सार्वजनिक सवारी–साधनको संख्या घटेपछि आमसर्वसाधारणको आवत–जावतमा प्रत्यक्ष असर परेको छ भने अर्कोतर्फ महिला, अशक्त र ज्येष्ठ नागरिकले थप समस्या भोग्नु परेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले समिटमा सहभागी हुन आउँने अतिविशिष्ट तथा विशिष्ट पाहुनाको आगमनलाई ध्यानमा राखेर १३ र १५ गते बिजोर तथा १४ र १६ गते जोर नम्बरका सवारी–साधन चल्न पाउने गरि व्यवस्थापन गरिएको साथै अत्यावश्यक सेवा प्रेस र शैक्षिक संस्थाका सवारी–साधनमा भने जोर–बिजोर प्रणाली लागू नहुने जनाएपनि आज विजोर नम्वरको गाडी चल्ने दिने भन्दै अत्याआवश्यक सेवा अन्र्तगत रहेको औषधि ढुवानीको गाडीलाइ नियन्त्रणमा लिएको जनाउ दिदै  नेपाल औषधी थोक व्यवसायी संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटाले राज्यको यस कदमको घोर भत्सर्ना गर्दै थोक व्यवसायीकोबाट अस्पतालमा ढुवानी गरिएको औषधि वोकेको गाडी अत्याआवश्यकीय सेवामा पर्ने कि नपर्ने भन्दै प्रतिप्रश्न गरेका छन ।

त्यस्तै उहाँले यदि नेपाली जनता औषधि नपाएर जीवन र मृत्युको संघारमा सर्घष गर्दैगर्दा राज्यको दायित्व पाहुनाको सवारी आवागमनलाइ सहज बनाउँनु मात्र होकी ? आफ्ना नागरिकको जिवन रक्षा गर्नु पनि हो भन्दै यो वा त्यो नामा घण्टौ देखि औषधि वोकेको गाडीलाइ नियन्त्र गर्दै सम्बन्धीत ठाउँमा जान नदिनु सार्वभौम अधिकारको दुहाइ दिने ओली सरकारको नौटङ्ककी मात्र नभएर जुन लक्ष्यले समिटको आयोजना गर्न लागिएको छ त्यो समेत शन्देहको घेरामा रहेको बताएका छन ।  त्यसो त आज दिनभर हरेक चोक – चोकमा, सडकमा जनताले व्यर्होनु परेको सास्ती हेर्ने हो भने सर्वसाधारणको दैनिकी भने अत्यास लाग्ने गरिनै चौपट बनेको सहजै अनुभुत गर्न सकिन्छ ।

तसर्थ औषधि वोक्ने पानी वोक्ने प्रेस लगायतका अत्याआवश्यक सेवाका सवारीलाइ निर्वाध सञ्चालन हुने वातावारण सिर्जना गर्न आवश्यक देखिनुको अलावा आदेश पालनामा खटिएका ट्राफिकलाइ यो यो सेवाका सवारी अत्याआवश्यकीय सेवका हुन भन्ने निर्देशन दिनु पर्ने भएको छ । नकि माथिको आदेश भन्दै यी सेवालाइ  नियन्त्रण गर्ने प्रयास  नगरुन।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।