मङ्लबार, बैशाख २५, २०८१

तराइ देखि राजधानीमा पनि छठको रौनक , दिनभर उपवास बस्दै आज दोस्रो दिन खरना मनाइँदै

फाइल फोटो

काठमाडौ कात्तिक २६,  कात्तिक शुक्ल चतुर्थी देखि विधिवत सुरु गरी चार दिनसम्म मनाइने छठ पर्व आजभोली तराइ देखि राजधानीमा पनि हर्षोल्लासका साथ मनाउँने गरिन्छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठ पर्व आइतवार ‘नहाय–खाय’ विधिसँगै सुरु भएको हो ।

सूर्य उपासनको एक विशेष पर्वका रुपमा मनाइदै आएको छठपर्वको आज दोस्रो दिन खरना मनाइँदैछ । आजको दिन छठपर्वका ब्रतालुहरुले दिन दिनभर व्रतालुहरू निर्जला व्रत बस्छन् र साँझ पख नुहाएर चोखो भई आफ्नो पुजा कोठामा नयाँ चुल्हो स्थापना गरी सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइएको खीरलाई व्रतीले प्रसादको रूपमा ग्रहण गर्ने गर्छन् । त्यस्तै गरि मङ्गलबार अस्ताउँदो र बुधवार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन गरिने छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031