शुक्रबार, बैशाख १४, २०८१

भारतका लागि नेपाली राजदूतमा संविधानविद आचार्य सिफारिस

काठमाडौ कात्तिक २६,   सरकारले भारतका लागि नेपाली  राजदूतमा संविधानविद एवम् पूर्व कानूनमन्त्री निलाम्बर आचार्यलाई सिफारिस गर्ने निर्णय गरेको छ । यसअघिका राजदुत दीपकुमार उपाध्याय फर्किएपछि खाली भएको भारतमा आचार्यलाइ राजदूतका रूपमा सिफारिस गर्ने निर्णय भएको  थाहा भएको  छ । आइतवार बसेको मन्त्री परिषद बैठकको निर्णय सार्वजनिक नगरिएपनि मन्त्रीपरिषद सदस्यबाटै यसको खुलासा भएको हो ।

त्यस्तै सरकारले पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेपनि उक्त निर्णय विवादमा परेपछि सरकारले आफ्नो निर्णय सच्याउँदै त्यहाँ आचार्यलाई पठाउने निर्णय गरेको बुझिएको छ ।

त्यस्तै बैठकले मलेसियाका लागि नेपाली राजदुतमा उदयराज पाण्डे ,युनाइटेड अरब इमिरेट्समा यसअघि भारतमा नियोग उपप्रमुखको जिम्मेवारीमा रहेको सहसचिव कृष्ण ढकाललाई जिम्मेवारी दिने निर्णय सहित  डा राजन भट्टराईलाइ प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार मामिला सल्लाहकारमा    र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी लाइ  नियुक्त गरेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।