मङ्लबार, बैशाख १८, २०८१

अपराधिक मानसिकताको अन्त्य आफ्नो एकमात्र अभिष्ट: गृहमन्त्री थापा

क्याटरिङ व्यवसायी महासंघ अध्यक्षमा जिसी

काठमाडौ जेठ ३१,   नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको दोस्रो साधारणसभा तथा पहिलो महाधिवेशन बुधबार काठमाडौंमा सम्पन्न भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै गेहमन्त्री थापाले राष्ट्रविकासको मार्गमा अवरोधका रुपमा रहेको हप्ता असुली गुण्डागर्दी र भष्ट्राचार जस्ता अपराधिक मानसिकताको अन्त्य आफ्नो एकमात्र अभिष्ठ रहेको बताउँनु भएको छ ।
त्यस्तै उहाँले राजनैतिक अधिकार  र जनताको कल्यानकालागि वर्तमान सरकार कुनैपनि अवारोधको अन्त्यको पक्षपाती भएको भन्दै सरकारं शुन्य सहनशीलताको नीति सहित क्रियाशील रहेको बताउँदै क्याटरिङ व्यवसाय राज्यको एक प्रमुख उद्योग भएकाले यस व्यवसायमा आवद्ध व्यवसायीको सुरक्षा राज्यको चिन्ताको विषय भएको जनाउ दिदै यसमा सरका पूर्ण प्रतिवद्ध रहेको बताउँनु भएको छ । 

 कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तोप बहादुर रायमाझी, पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशी, राजनितिक विश्लेषक डा. सुरेन्द्र केसी, नेपाल चेम्बर अफ कमर्स या उपाध्यक्ष राजेन्द्र मल्ल, भक्तपुर उद्योग बाणिज्यसंघका अध्यक्ष रामप्रसाद प्रजापति लगायतले शुभकामना अभिव्यक्ति दिनु भएको  थियो ।

यसैवीच नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको पहिलो महाधिवेशनले लीला जिसीको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।  महासंघको उपाध्यक्षमा तेविन्द्ररत्न शाक्य, हरिप्रसाद न्यौपाने, कृष्णप्रसाद पाण्डे, नानीबाबु थापा, कृष्ण उपाध्याय, गोकुल देसार, राजेन्द्रकुमार श्रेष्ठ र लक्ष्मण पोखरेललाई निर्वाचित गरेको छ भने महासचिवमा उत्तमप्रकाश शर्मा, कोषाध्यक्षमा पृथ्वीभक्त प्रजापति, सचिवमा बलराम पौड्याल र सहकोषाध्यक्षमा मुकुन्दहरि गौतम निर्वाचित भएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।