सोमवार, बैशाख २४, २०८१

ट्रायल दिन आउने नक्कली परीक्षाथी र विचौलिया अधिकारी पक्राउ

 भक्तपुर जेठ १८,  यातायात व्यवस्था कार्यालय भक्तपुरस्थित राधेराधेस्थित ‘इजीवे’ ट्रायल सेन्टरमा सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा अर्थात ट्रायल दिन आउने नक्कली परीक्षार्थीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यसरी पक्राउ परेकामा सिन्धुली पोखरी गाउँपालिका– ५ स्थायी घर भएका वर्ष २० का टीकाराम चौलागार्इंको नाममा मोटरसाइकलको ट्रायल परीक्षा दिँदै गरेको अवस्थामा जिल्ला तेह्रथुम ईवा गाउँपालिका– १ घर भई हाल जिल्ला ललितपुर लामाटार बस्ने वर्ष ३० का धनकुमार लिम्बू र भक्तपुर साविक अनपा १० हाल सूर्यविनायक नगरपालिका बस्ने वर्ष २० का सनिस पाक श्रेष्ठको नाममा मोटरसाइकलको ट्रायल परीक्षा दिँदै गरेको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

  त्यस्तै यातायातका कर्मचारी, परीक्षामा बस्ने ट्राफिक प्रहरी र ट्रायल सेन्टरका मान्छेसँग कुराकानी मिलाइदिन्छु भन्दै परीक्षार्थीसँग रकम उठाउँदै आएको काभ्रेपलाञ्चोक पाँचखाल – ६ बस्ने वर्ष ५० का प्रेम अधिकारीलाई समेत पक्राउ गरि  विहिवारनै सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाईएको वृतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु