शुक्रबार, बैशाख १४, २०८१

फोरमलाई मन्त्री छान्न हम्मेहम्मे,आकांक्षीको तछाड मछाड

 काठमाडौ जेठ १८,   सत्तारुढदल नेकपा अण्डरलाइनसंग दुइबुँदे सहमति गर्दै सरकारमा जाने तयारीमा रहेको संघीय समाजवादी फोरमले अझै मन्त्रीको नाम टुङ्ग्याउन सकेको छैन ।

फोरमको भागमा परेको दुइ मन्त्रालय शहरी विकास र स्वास्थ्य मन्त्रालयका लागि मन्त्रीका आकांक्षी बढेपछि समाजवादी फोरमलाई मन्त्री छान्न हम्मेहम्मे परेको सम्वद्ध स्रोतले जनाएको छ ।

यसैक्रममा आज पनि मन्त्रीको विषय टुङ्गो लगाउन छलफल हुने बताईएको छ । यद्यपी आजको छलफलमा पनि आकांक्षीको आकांक्षा बढ्दै गए पार्टी अध्यक्ष उपेन्द्रले यादवले ठाडो हस्तक्षेप गर्दै नामलाइ अन्तिम रुप दिने तयारी भएको थाहा भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।