मङ्लबार, बैशाख १८, २०८१

अर्को निर्णय नभएसम्म स्वेच्छिक अवकास दिने निर्णय स्थगित: मन्त्री पण्डित

दुई तिहाईको दम्ब देखिने गरी राष्ट्रहित विपरितका काम हुन थाले भने हामी चुप लागेर नबस्ने  डा. खड्काको  जनाउ

 काठमाडौं वैशाख २, संघिय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले स्वेच्छिक अवकासका लागि निवेदन दिएका कर्मचारीलाई काममा फर्किने निर्णय गर्न सुझाब दिएका छन् ।  रिपोर्टर्स क्लब नेपालले आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री मन्त्री पण्डितले अर्को निर्णय नभएसम्म स्वेच्छिक अवकास दिने निर्णय स्थगित गरिएको भन्दै यस्तो सरझाव दिदै खटाइएको ठाउँमा गएर काम गर्न  यस्तो  सुझाव दिनु भएको  हो  ।

त्यस्तै उहाँले यदाकदा सरकारले स्वेच्छिक अवकासको निर्णय स्थगित गरे कर्मचारी अदालने जाने भन्ने चर्चा रहेको बताउँदै अदालत जाने कुरा नागरिकको स्वतन्त्रताको कुरा भएका कारण आफुल उस विषयमा कुनै टिप्पणी नभएको बताए ।  साथै उहाँले स्वेच्छिक अवकासका लागि निवेदन दिएका कर्मचारीप्रति लक्षित हुदै स्वेच्छिक अवकासले व्यक्तिलाई फाइदा होला तर देशलाई हुँदैन त्यस अर्थमा स्वेच्छिक अवकासतर्फ नलाग्न म अनुरोध गर्दछु मन्त्री पण्डितले भने ।  साथै संविधानअनुसार बनेको सरकार संविधानअनुसार नै चल्ने भन्दै उनले सरकारले राम्रा निर्णय गरेको अवस्थामा प्रतिपक्षले पनि खुलेर समर्थन गर्नुपर्ने उहाँको जिकिर रहेको थियो ।

त्यस्तै कार्यक्रममा अर्का वक्ता नेपाली कांग्रेसका नेता तथा सासंद डा. नारायण खड्काले सरकारले महत्वाकांक्षी योजना बनाउँने मात्र होइन त्यसलाई पूरा गर्न आवश्यक रहेको बताउँदै सरकारलाइ  प्रस्तावित योजना पुरा गर्न सुझाब दिनु भएको छ । साथै उहाँले प्रमुख प्रतिपक्ष दलमा ६३ जना मात्रै सासंद छन् भनेर नहेप्न खड्काले सरकारलाई चेतावनी दिदै यसअघिको सरकारले गरेका हरेक निर्णय उल्ट्याउने प्रयास नगर्नन र दुई तिहाईको दम्ब देखिने गरी राष्ट्रहित विपरितका काम हुन थाले भने हामी चुप लागेर नबस्ने जनाउ दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।