मङ्लबार, बैशाख २५, २०८१

सामाजिक सञ्जाल बन्द गर्ने कुनैपनि निर्णय नभएको सञ्चार मन्त्रालयको जनाउ

मन्त्रालयको लेटरप्याड, पूर्व मन्त्रीको नाम र हस्ताक्षर राखी भ्रम फैलाउने व्यक्तिउपर कानूनी कारवाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाइ कार्यादेश

काठमाडौ चैत ३०,  साविक सूचना तथा सञ्चार मन्त्रालयको लेटरप्याड, पूर्व मन्त्रीको नाम र हस्ताक्षर राखी फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारले नयाँ वर्ष २०७५ देखि फेसबुक पूर्णरुपमा बन्द गरेको उल्लेख गरी फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पोष्ट गरी भ्रम फैलाउने काम भइरहेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रामचन्द्र ढकालले आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले कुनै पनि सामाजिक सञ्जाल बन्द गर्ने, प्रतिबन्ध लगाउने गरी निर्णय नगरेको र त्यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्तिउपर कानूनी कारवाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुरोध गरिसकेको जनाएको छ । साथै विज्ञप्तिमा त्यस्तो गलत, भ्रामक सूचनामा विश्वास नगर्नुहुन र आ–आफ्नो सामाजिक सञ्जाल खाताबाट त्यस्ता गलत सूचना पोष्ट गरेको भए हटाउनसमेत अनुरोध गर्दै मन्त्रालयले समाजिक सञ्जालको दुरुपयोग नभइ सदुपयोग गर्न भनेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2018
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031