मङ्लबार, बैशाख १८, २०८१

सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध : प्रम ओली

काठमाडौ चैत १७, प्रधानमन्त्री केपी ओलीले रिपोर्टर्स क्लब नेपालको २०औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई आज सम्बोधन गर्दै सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको र वाम सरकारले अधिनायकवाद ल्याउँछ र प्रेस स्वतन्त्रता हनन गर्छ भन्नु हल्लामात्रै भएको जनाउ दिनु भएको छ । त्यस्तै प्रम ओलीले माओवादी नेता विप्लव प्रति लक्षित गर्दै जनतालाई बम, बारुद र चन्दा आतङ्क मच्चाएर जनतालाई दुःख नदिन आग्रह गर्दै व्यवहारमा परिवर्तन गर्न आग्रह गर्नु भएको छ । साथै उहाँले आफ्नो भारत भ्रमणपछि नेपाल र भारतको सम्बन्ध अझै प्रगाढ र सुमधुर हुने बाउँदै भारत र चीन दुवैले नेपाललाई सहयोग गर्ने प्रधानमन्त्री ओलीले दाबी गर्नु भएको छ।

त्यस्तै कायक्तममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार गठनका लागि जनताले साथ दिएको स्मरण गर्दै अवको समय भनेको जनताको अपेक्षा पूरा गर्ने तर्फ लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।  कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी लगायतले बोल्नु भएको थियो ।

यसैवीच क्लब २०औँ वार्षिकोत्सवको अवसरमा  रु एक लाख राशिको गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर साप्ताहिकका प्रधानसम्पादक सुवास ढकाललाई प्रदान गरेको छ ।  त्यस्तै अर्को रु एक लाख राशिको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ दृष्टि साप्ताहिकका  सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिएको छ भने  रु २५ हजार राशिको वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार’ राजधानी दैनिकका कार्यकारी सम्पादक डिल्ली आचार्यलाई प्रदान गरिएको छ ।

 रु २५ हजार राशिको कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापा मगरलाई त्यस्तै  रु २० हजार राशिको पुरस्कार कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ द हिमालयन टाइम्सका विशेष संवाददाता रेवती सापकोटालाई रु २० हजार राशिको सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ अन्नपूर्ण पोष्ट दैनिकका वरिष्ठ संवाददाता नरेन्द्र साउदलाई प्रदान गरिएको छ ।

यसैगरी यस वर्षको ‘बाबुछिरी फोटो पत्रकारिता पुरस्कार’ नागरिक दैनिकका फोटो पत्रकार विजय राईलाई प्रदान गरिने निर्णय गरिएको छ । राजनीतिक संक्रमणकाल, भूकम्पलगायतका कठिन घडीमा साहसपूर्वक फोटो पत्रकारिता गरी ख्याति कमाएका पत्रकार राईलाई दिइने यो पुरस्कारको राशि रु २० हजार छ । ‘उमा सिंह स्मृति पत्रकारिता पुरस्कार’ देशसञ्चार डटकमकी संवाददाता ९संयोजक० दीपा दाहाललाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु १५ हजार छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।