मङ्लबार, बैशाख १८, २०८१

तल्लो सदनको पहिलो बैठक : सदन सञ्चालन गर्न अन्तरिम कार्यविधि ध्वनीमतको आधारमा पारित

काठमाडौ फागुन २१,  लोकतान्त्रिक गणतन्त्र नेपालको संघीय संसद्को तल्लो सदन अर्थात प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकले राष्ट्रपति कार्यालयबाट प्राप्त संसद्को पहिलो अधिवेशन आह्वान र सरकार गठनसम्बन्धी छुट्टाछुट्टै पत्र पढेर सुनाउदै तल्लो सदनको अन्तरिम कार्यविधि, २०७४’ को प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

सदनका ज्येष्ठ सदस्य महन्थ ठाकुरले बैठकको शुुभारम्भमा उक्त कार्यविधि पारित गर्नका लागि प्रस्ताव प्रस्तुत गरेलगत्तै ध्वनि मतका आधारमा मत विभाजन गर्दा सर्वसम्मतिले पारित गरेको हो । पारित कार्यविधि अनुसार संसद् नियमावली नहुन्जेलका लागि सदन सञ्चालन गर्न सहज हुने भएको छ । तर बैठकमा सांसद प्रेम सुवालले आसनबाट उठेर नियमापत्ति जनाए पनि ज्येष्ठ सदस्य ठाकुरले कुनै नियम नबनेको अवस्थामा आपत्तिको अर्थ नहुने भन्दै आसन ग्रहण गर्न आग्रह गर्नुभएको थियो ।

त्यस्तै बैठकले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसद खगराज अधिकारी, मानबहादुर विक, पूर्णकुमारी सुवेदी, लक्ष्मणलाल कर्ण र उमाशंकर अर्गरियालाई मनोनयन गरेको छ । तल्लो सदनको अर्काे बैठक फागुन २२ गते बिहान ११ बजे बस्नेछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।