मङ्लबार, बैशाख २५, २०८१

वीरता जेसीजको अध्यक्षमा गिरी सर्वसम्मत

बिर्तामोड माघ २५,  सन् २०१८का लागि वीरता जेसीज बिर्तामोडको अध्यक्षमा एकराज गिरी सर्वसम्मत चयन भएका छन् । वीरता जेसीजको ३८औं साधारणसभा तथा शाखा अधिवेशन अन्तर्गत बुधवार साँझ सम्पन्न निर्वाचनकार्यक्रम अन्र्तगत अध्यक्ष पदका विशाल थापा, प्रकाश सुवेदी, दिवाकर प्रसाईं र राजीव धिमालले सहमति, सहकार्य र एकताका लागि आफ्नो उम्मेदवारी फिर्तासलएसंगै गिरी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको हो ।
दुईदशकदेखि पत्रकारितामा क्रियाशील वीरता जेसीजका अध्यक्षमा चयन भएका गिरी पत्रकार महासंघ झापाको उपाध्यक्ष समेत हुन् । उनी पूर्वाञ्चल दैनिकको सम्पादक र रेडियो नेपालको झापा समाचारदाताका रुपमा कार्यरत् छन् ।  त्यस्तै उपाध्यक्षहरुमा सञ्जीव घिमिरे, युवराज कुँवर, पवन न्यौपाने र अशोक चौधरी सर्वसम्मत चयन भएका छन् । संयुक्त सचिवमा प्रवेश बस्नेत, जनसम्पर्क अधिकारीमा कुशल खतिवडा र तालिम संयोजकमा विकास बस्नेत सर्वसम्मत चयन भएका छन् ।

वीरता जेसीजको अध्यक्षमा चयन भए लगत्तै गिरीलाई वीरता जेसीजका अध्यक्ष सञ्जु भारती, पूर्वअध्यक्षहरु बिनोद बस्नेत, विशाल थापा, निर्मल भट्टराई, हेम खड्का, प्रमेश राजकर्णिकार, आनन्द बस्नेत, भक्तराज भारती, राजेन्द्र चौलागाईं, निवर्तमान अध्यक्ष सजेश शिवाकोटी, बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्की लगायत सदस्यहरुले अविर पहि¥याएर बधाई तथा शुभकामना ज्ञापन गरेका थिए । अध्यक्ष गिरीले त्यस अवसरमा वीरता जेसीजलाई सबैको भावना समेटेर साझा र उत्कृष्ट जेसीज बनाउने प्रतिबद्धता जनाएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031