शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रियसभा सदस्यको निर्वाचनमा ९९.५२ प्रतिशत मतदान : निर्वाचन आयोग

 काठमाडौ माघ २४ , राष्ट्रियसभा सदस्यका लागि छ वटा प्रदेशमा आज भएको निर्वाचन शान्ति र उत्साहपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ । यसअघि प्रदेश नं २ का आठै सदस्य निर्विरोध निर्वाचित भइसकेका कारण ६ प्रदेशमा मात्र निर्वाचन भएको हो ।

आयोगले आज बिहान १०ः०० देखि ३ः०० बजेसम्म भएको मतदानमा छवटै प्रदेशमा रहेका जम्मा एक हजार ६७७ जना मतदातामध्ये एक हजार ६६९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नुको अलावा करिब ९९.५२ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।

स्मरण रहोस प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सदस्य गरी दुई हजार ५६ मतदाता रहेका थिए ।    प्रत्येक प्रदेशबाट आठ जनाका दरले कूल ५६ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशबाट निर्वाचित हुने ८ जनामा महिला तीन, दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक र अन्य तीन जना निर्वाचित हुने संवैधानिक प्रावधान रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।