मङ्लबार, बैशाख २५, २०८१

४१ औं राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौ पौष १६, आज पौष १६ गते अर्थात ४१ औं राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता एवम् प्रजातान्त्रिक आन्दोलनका आधारस्तम्भ जननेता वीपी कोइरालासहित   शीर्षस्थ नेताहरु  गणेशमान सिंह, रामबाबु प्रशाई ,शैलजा आचार्य, निलाम्बर पन्थी, खुमबहादुर खड्कालगायतका नेताहरु आठ वर्षे निर्वासन जीवन बिताएर आजकै दिन राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्किएका थिए । यर्सक्रममा आजको दिनलाइ मेलमिलापका दिनमा पनि हेरिन्छ ।
आज पनि देशलाई संकटबाट मुक्त गर्न राष्ट्रिय मेलमिलापको सन्देश उत्तिकै सान्दर्भिक रहेको छ । यसै सन्दर्भमा नेपाली कांग्रेस र भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेका छन् ।

यसैक्रममा आज अपरान्ह २ वजे नेपाल विधार्थीसंघले प्रधानमन्त्री एवम् नेपाली काँग्रसका सभापति शेरवहादुर देउवको प्रमुख आतिथ्यतामा राष्ट्रिय सभागृहमा विशेष कार्यक्रमको आयोजना गर्दैछन । कार्यक्रममा विपि पुत्र एवम् काँग्रेस महामन्त्री शंशाक कोइराला लगायतका वक्ताले सम्बोधन गर्ने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930