शुक्रबार, बैशाख १४, २०८१

प्रदेस सासंदमा राम्रो भन्दा आफ्नो मान्छे छनौट गरेको भन्दै तिव्र आक्रोश, यत्र तत्र सर्वत्र भद्रगोल

 काठमाडौ पुस १६ , नेपाली काँग्रेस ,नेकपा एमाले, राजपा , माओवादीकेन्द्र र संघीय फोरम भित्र पछिल्लो समय प्रदेस समानुपातिकतर्फका सासंद छनौट गर्ने क्रममा राम्रो भन्दा आफ्नो मान्छे छनौट गरेको भन्दै तिव्र आक्रोश सिर्जना भएको छ ।  आयोगले नै बन्दसूचीको क्रमांकलाई तलमाथि नगरी नाम छनोट गरेर बुझाउनभन्दा भन्दै पनि दलहरुले आयोगमा बुझाएको सासंद सूचीमा   क्लस्टर’ मिलाउँने नाममा भद्रगोल गरेपछि यस्तो अवस्था सिर्जना भएको हो ।

 यसैको परिणाम स्वरुप एमाले–माओवादीमा नेताहरूले आफ्नै नातागोता रोजेको भन्दै कार्यकर्ता देखि सूचीमा परेका आम सासंदको आकंक्षीहरु अहिले पार्टीको सत्तोरासराप गर्दै हिडेका छन भने कांग्रेसमा देउवाले पौडेल पक्षलाई बेवास्ता गर्दै आफूपक्षीय नेताहरूलाई मात्रै राखेको भन्दै विवाद बढे पछि नेता रामचन्द्र पौडेल पक्ष निर्णय पुस्तिकामा हस्ताक्षरै नगरी बैठक छाडेर बाहिरिएको थियो । त्यस्तै मधेसकेन्द्रित दल राजपाको केन्द्रीय कार्यालय नै तोडफोड भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।