शुक्रबार, बैशाख ७, २०८१

राजोपाध्याय समाजमा अमरराज

ललितपुर पुस १६ , राजोपाध्याय समाजको शनिवार सम्पन्न दोश्रो अधिवेशनले गायक तथा संगीतकार अमरराज शर्मा राजोपाध्यायको नेतृत्वमा १३ सदस्यीय  नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ ।  नयाँ कार्यसमितिको उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सह कोषाध्यक्षमा क्रमस संजय शर्मा राजोपाध्या, बिराजकाजी राजोपाध्याय, रचना शर्मा राजोपाध्याय , जयन्ती शर्मा राजोपाध्याय र उद्धव आचार्य राजोपाध्याय रहेका छन ।
त्यस्तै कार्य समिति सदस्यमा नगेन्द्र राजोपाध्याय, विनोद ज्वालानन्द राजोपाध्याय, चेतना शर्मा राजोपाध्याय, वन्दना राजोपाध्याय, विजय शर्मा राजोपाध्याय, पिपुल सुवेदी राजोपाध्याय र विरु सुवेदी राजोपाध्यायलाई चयन गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । नयाँ अध्यक्षको रुपमा चयन भएपछि बोल्दै अमरराज राजोपाध्यायले विभिन्न अफवाह र भ्रम फैलाई अवरोध खडा गर्न खोजेपनि समाज अहिलेसम्म क्रियाशिल नै परहेको र अब अझ सशक्त ढंगबाट अगाडि बढ्ने प्रतिवद्धता अभिव्यक्त गर्नु भएको छ ।

 यसअघि अधिवेशनको उद्घाटन सत्रमा राजोपाध्याय समाज भित्रका ज्येष्ठ नागरीक ९८ वर्षीय चुन्द्रचरण राजोपाध्याय (पान बाजे) को साथै संस्कार र संस्कृति विज्ञ पण्डित रत्नराज राजोपाध्यायलाई विशेष सम्मानबाट सम्मानित गरिएको थियो । सम्मानितद्वयलाई ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका सभासद कृष्णलाल महर्जनले सम्मान पत्र प्रदान गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930