बुधबार, बैशाख १९, २०८१

निर्वाचनमा प्रयोग भएका सबै मुचुल्का, मतपत्रलगायतका कागजात पेश गर्न संवैधानिक इजलासको आदेश

एकै प्रकृतिका ३ मुद्धामा ७ दिनभित्र लिखित जवाफ पेस गर्न संवैधानिक इजलासको आदेश, पुस १९ मा छलफल गरिने

काठमाडौं पुस ७ , सम्पन्न प्रतिनिधीसभा तथा प्रदेससभा निर्वाचनको मतगणनाका क्रममा क्रममा स्वच्छता नभएको भन्दै संखुवासभाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्का, नहुँ प्रदेशसभा ‘क’ उम्मेदवार प्रदीप पौडेल र क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभाका उम्मेदवार रामसिंह यादवले धाँधलीपूर्ण तरिकाले निर्वाचन भएकाले सो निर्वाचन बदर गर्न माग गर्दै दायर भएका मुद्दामा ७ दिनभित्र लिखित जवाफ पेस गर्न संवैधानिक इजलासले आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जवरा र दीपककुमार कार्कीको इजलासले लिखित जवाफ पेस ७ दिने आदेश जारी गरेको हो ।   इजलासले पुस १९ गते छलफल  पछि अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्नका निर्वाचनमा प्रयोग भएका सबै मुचुल्का, मतपत्रलगायतका कागजात पेश गर्न आदेश जारी गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।