मङ्लबार, बैशाख ११, २०८१

आयोगद्दारा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट संख्या सार्वजनिक

  • नेकपा एमाले  ७५, नेपाली कांग्रेस ७२, माओ‌वादी केन्द्र ३५, संघीय समाजवादी फोरम १३,राष्ट्रिय जनता पार्टी १२,
  •  राप्रपा ३, विवेकशील साझा ३ , जनमोर्चाले २, नयाँ शक्तिले १, नेमकिपा  १ सिट ,संघीय लोकतान्त्रिक मञ्च १, राप्रपा प्रजातान्त्रिक १ र नेपाल संघीय समाजवादी पार्टीले  १  सिट प्राप्त गरेका  छन ।  

काठमाडौं पुस ७, निर्वाचन आयोगले गत मंसिर १० र २१ सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ सातैवटा प्रदेसमा दलहरुले प्राप्त गरेको मतको आधारमा प्राप्त गरेको गरेको सिट संख्या आज सार्वजनिक गरेको छ ।  प्रमुख निर्वाचन आयुक्त डा .अयोधी प्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोग पदाधिकारीको बैठकपछि प्रदेससभामा समानसपातिक तर्फको २ सय २० स्थानका लागि प्राप्त मतको आधारमा आयोगले सिट सख्या बाँडफाँड गरेको हो । आयोगद्दारा सार्वजनिक सिट सख्या अनुसार प्रदेस नम्वर १ मा ३७, प्रदेस नम्वर २ मा ४३, प्रदेस नम्वर ३ मा ४४, प्रदेस नम्वर ४ मा २४ प्रदेस नम्वर ५मा ३५, प्रदेस नम्वर ६ मा १६ र प्रदेस नम्वर ७मा २१ गरि २२० सिट बाँडफाँड गरिएको छ ।

त्यस्तै आयोगद्दारा जारी विज्ञप्तिमा आयोगले सिट बाँडफाँड सम्बन्धिीत दललाइ समेत बुझाउँने निर्णय सहित गत कार्तिक रद्दठ गते आयोगमा बुझाएको संशोधित बन्द सूची अनुसार प्रदेससभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ ३,५६५ उम्मेदवार कायम रहेको समेत जनाएको छ ।

यस्तो छ प्रदेससभा समानुपातिकतर्फको सिट बाँडफाँड:

निर्वाचन सम्पन्न भएको तीन हप्तापछि निर्वाचन आयोगले प्रदेशसभा समानुपातिक निर्वाचनतर्फ दलहरुले प्राप्त गरेको मतको आधारमा गरेको सिट बाँडफाँड अनुसार आयोगका अनुसार नेकपा एमालेले ७५, नेपाली कांग्रेस ७२, माओ‌वादी केन्द्र ३५, संघीय समाजवादी फोरम १३, राष्ट्रिय जनता पार्टी १२ सिट  विवेकशील साझा  ३,    राप्रपा ३,  जनमोर्चाले २, नयाँ शक्तिले १ ,  राप्रपा प्रजातान्त्रिक  १ ,  नेमकिपाले १ सिट , संघीय लोकतान्त्रिक मञ्च  १ र नेपाल संघीय समाजवादी पार्टीले  १ सिट  प्राप्त गरेको जनाएको छ ।

यस्तो छ प्रदेससभा समानुपातिकतर्फको मतपरिणाम:

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।