मङ्लबार, बैशाख १८, २०८१

उपत्यकामा २०५ सहित १ हजार १६ जनामा कोभिड–१९ संक्रमण पुष्टि , मृतकको संख्या ११४ पुग्यो

काठमाडौ भाद्र २,

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार १६१ वटा पिसिआर नमुना परीक्षणको क्रममा थप १ हजार १६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयका का प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो समय पहिचना भएक संक्रमित मध्ये काठमाडौंका १३८, ललितपुरका ५० र भक्तपुरका १७ जनासहित २०५ जनामा रहेको बताए ।

त्यस्तै उहाँले १३ हजार ९२६ जना क्वारेन्टाइनमा र सक्रिय संक्रमितको सख्या १० हजार ६३९ जना र होम आइसोलेसनमा बस्नेको संख्या २ हजार ८८७ रहेको जानकारी दिनुभयो । यसमध्ये ८ जना भेन्टिलेटरमा रहेको बताए ।  मन्त्रालयका अनुसार२४ घण्टाभित्र ८५ जना निको भई घर फर्किएसंगै निको हुनेको संख्या १७ हजार ५८० पुगेको बताए ।साथै उहाँले  २४ घण्टामा संक्रमणका कारण ७ जनाको मृत्यु भएसंगै मृतकको संख्या ११४ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।