मङ्लबार, बैशाख १८, २०८१

मनसुनको बढ्दो सक्रियता संगै ३ दिन देशभर भारी वर्षाको सम्भावना

काठमाडौं साउन २४ ,

मौसम पूर्वानुमान महाशाखाले नेपालमा फेरि आगामी ३ दिन मनसुन सक्रिय हुने जनाएको छ । शनिवार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएसंगै आगामी ३ दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना औल्याएकोे हो ।

त्यस्तै मनसुनको सक्रियता र मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गर्दै महाशाखाले हाल प्रदेश नं २ मा र प्रदेश नं ५ का केही भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको त्यस्तै वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कणाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।