काठमाडौं असार २७, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मुलुकमा ७० जनामा कोभिड सङ्क्रमित थपिएको जनाएकोछ । मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशका विभिन्न २५ वटा प्रयोगशालामा गरिएको तीन हजार ६४८ नमूना परीक्षणमा ७० जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । आज पहिचान भएका संक्रमितको सख्या संगै कोभिड १९ सङ्क्रमितको सङ्ख्या १६ हजार ७१९ पुगेको छ ।
त्यस्तै मन्त्रालयले हालसम्म कूल सङ्क्रमितको ५०.५ प्रतिशत उपचार पछि निको भएको जनाउदै हाल सम्म डिस्चार्ज हुनेको कूल सङ्ख्या आठ हजार ४४२ पुगेको जानकारी दिएको छ भने क्वारेन्टिनमा रहनेको सङ्ख्या २४ हजार ९७ छ भने आइसोलेशनमा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार २३९ रहेको जनाएको छ ।
त्यस्तै मन्त्रायका अनुसार आज पहिचान भएक संक्रमितहरुमध्ये सिन्धुपाल्चोक र दाङमा ५/ ५ सुनसरी, उदयपुर, स्याङ्जा, तनहुँ र कञ्चनपुरमा ४ /४ मोरङ, काठमाडौ, धादिङ, सर्लाही, बागलुङ र सुर्खेतमा ३/ ३ , झापा, म्याग्दी, कास्की, बाँके, बर्दिया र जुम्लामा २/ २ , सिरहा, नुवाकोट, चितवन, सिन्धुली, रौतहट, पर्वत, पाल्पा, रुकुम पश्चिम, सल्यान र अछाममा १/ १ जना रहेको जनाएको छ । साथै काठमाडौं महानरपालिका १० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर(४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुषको संक्रमणका कारण मृत्यु भएसंगै संक्रमणका कारण मृत्यु हुनेको सख्या ३८ पुगेको मन्त्रालयले जनाएको छ।
त्यस्तै मन्त्रालयले कोभिड–१९ भाइरसविरुद्धको खोप तथा औषधि पत्ता नलागेको सन्दर्भमा यसबाट आफू र अरूलाई जोगाउन जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैमा अपिल गरेको छ । मन्त्रालयका प्रवक्ता गौतमले तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी कोरोनालाई भयावह हुने अवस्था आउन नदिन आह्वान गर्नुभयो । उहाँले सबै प्रकारको जमघट तथा भेलामा कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, घरबाहिर जाँदा मास्क अनिवार्य प्रयोग गर्ने, सबै सर्वजनिक स्थल तथा कार्यलयले परिसरमा हात धुने तथा स्यानिटाइजरको अनिवार्य व्यवस्था मिलाउने र भवन प्रवेश गर्दा हात धोएको वा स्यानिटाइजर प्रयोग गरेको सुनिश्चित गर्न आग्रह गर्नुभएकेछ ।
हात धुने बेसिन, शौचालय तथा स्नानघरबाट कोरोना सङ्क्रमणको जोखम हुने भन्दै उहाँले दाँत माझ्नेलगायत दैनिक प्रयोगका सामग्री बेसिनमा नराख्न पनि अनुरोध गर्नुभयो । प्रवक्ता प्राडा गौतमले धेरै प्रयोग हुने ढोका, मेशिनका ह्यान्डिल, टेबल तथा अन्य सामग्रीहरु ‘डिसइन्फेक्टेड’ गरी नियमित सफा गर्न आवश्यक रहेको बताउनुभएकोछ । साथै कोभिड–१९ लाई महामारीका रुप लिन नदिन आवश्यक तयारी गर्ने समय आएको उल्लेख गर्दै उहाँले सबैको सामान्य सावधानी र तयारीले कोभिड महामारी रोकथाम गर्न सहयोग पुग्ने बताउनुभयो।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- सदर मतको १० प्रतिशत मत नकट्दा रास्वपाका लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत
- उपनिर्वाचन : इलाम २ नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी
- बझाङ प्रदेश सभा सदस्य उपनिर्वाचनमा पनि एमालेकै भण्डारी निर्वाचित
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरद्वारा १० लाख रुपैयाँ सहयोग
- अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान