सोमवार, बैशाख २४, २०८१

सरकारलाइ काँग्रेसको प्रश्न- जनताको जीवन प्रधान कि सत्ताको राजनीति ?

संसद्को जारी अधिवेशन हठात अन्त्य प्रति काँग्रेसको असहमति  

काठमाडौ असार १८ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सङ्घीय संसद्को जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेदेखि सङ्घीय संसद्को अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषद्को बैठकले चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य भएके सूचना सार्वजनिक भएलगत्तै काँग्रेसले विज्ञप्ति जारी गर्दै संसदमा विचाराधिन रहेको महत्वपूर्ण विधेयकबारे निश्चित टुङ्गोमा नपुगी सत्तासिन दलको आन्तरिक विवादको निसाना संसदलाइ बनाउदै प्रमुख प्रतिपक्षी दल काँग्रेससँग कुनै परामर्शको त कुरै छाडौं पूर्व सूचना पनि नदिइएका लाइ अधिवेशन अन्त्य गरिनु दुःखद् भएको उल्लेख गरिएको छ ।

त्यस्तै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्दारा जारी विज्ञप्तिमा जनताको जीवन प्रधान कि सत्ताको राजनीति भन्ने प्रश्न प्रधानमन्त्री समक्ष सार्वजनिक रूपले राख्दै विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट मुलुकमा हजारौँ सङ्क्रमित भएका बेला त्यसप्रति उच्च गम्भीरताका साथ सिङ्गो संसद्ले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीति साथ अघि बढ्न अत्यावश्यक पहलकदमी जरुरी थियो । तर अधिवेशन हठात अन्त्य गरेर सरकारले त्यसप्रति घोर उदासिनता प्रकट गरेको उल्लेख गर्दै सरकारको हठात निर्णयमा काँग्रेसले असहमति प्रकट गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु