बुधबार, बैशाख १२, २०८१

श्रमजीवि पत्रकारको अधिकार स्थापितका लागि महासंघ टुलुटुलु हेरेर बस्दैन

काठमाडौं असार १९, नेपाल पत्रकार महासंघले कोभिड १९ माहामारीको कारण पेशाबाट निष्कास्शन गरिएका तथा पारिश्रमिकबाट बञ्चित श्रमजिवी पत्रकारको हितमा आज राजधानीको बबरमहलमा श्रमजिवी पत्रकारको पेशागत सुरक्षाका लागि वृहत ऐक्यवद्धता प्रदर्शन आयोजना गरेको छ ।

प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले हालको अवस्थामा पत्रकारहरुलाई पेशागत संकट परेको बताउनुभयो । साथै उहाँले कोभिडको कारण देखाउदै मिडियाका मालिकहरुले पत्रकारिता गरि बाच्नपाउने पत्रकारको अधिकार खोसेको बताउनुभयो । उहाँले पत्रकारलाई जागिरबाट निष्काशन गर्ने , बेतलबी बिदामा राख्ने गरेको भन्दै ति समस्या समाधानकालागि महासंघ भोलिदेखिनै त्यस्ता सञ्चारगृहमा अनुगमन गरी निष्काशीत पत्रकारको अधिकार पुनःस्थापित गर्न आन्दोलन गर्ने बताउनुभयो ।

यस्तै महासंघका महासचिव रमेश विष्टले पत्रकारको श्रम शोषण गर्ने सञ्चारगृह बन्द हुदैमा जनता सूचनाको हकबाट बञ्चितनहुने बताउनुभयो । उहाँले पत्रकारको हितका लागि सबै पक्षलाई जानकारी गरेर मात्रै आन्दोलनमा आएको भन्दै सहज ढंगबाट श्रमजीवि पत्रकारको अधिकार स्थापित हुदै भने महासंघ टुलु टुलु हेरेर नबस्ने बताउनुभयो ।साथै महासंघ पूर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारका कारण करोडपति बनेका मिडियाका मालिकहरुले पत्रकारको पेटमा लात हानेको भन्दै त्यो मान्य नहुने बताउनुभयो ।
कार्यक्रममा प्रेस संगठनका अध्यक्ष महेश्वर दाहालले ,नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिंग्देल ,सञ्चारिका समुहकी अध्यक्ष नितु पण्डित  प्रेस नेपालका अध्यक्ष केशव अर्याल लगायतले श्रमजीवि पत्रकारका पक्षमा अभिव्यक्ति दिनु भएको थियो ।त्यस्तै गरि क्रान्तिकारी संगठन नेपालका प्रतिनिधि धनन्जय बुढा, प्रगतिशिल पत्रकार संघका पूर्व अध्यक्ष नारायण शर्मा, कान्तिपुर संयुक्त ट्रेड यूनियनका प्रतिनिधि अर्जुन पाठक ,.जनपत्रकार संगठनकी सचिव सृजना तिम्सिना पत्रकारलाई श्रमशोषण मान्य नभएको बताउनुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।